काठमाडौं - पछिल्लो २४ घन्टामा भारतमा ११ हजार बढि मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने २९ जनाले ज्यान गुमाएका छन्।
मृत्यु हुनेमा सबैभन्दा धेरै केरलाका छन्। यहाँ कोरोनाबाट ९ जनाको मृत्यु भएको हो।
भारतमा दैनिक कोरोना संक्रमण दर ५.०१ प्रतिशत पुगेको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा मात्रै १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ। यहाँ प्रत्येक १०० बिरामीमा २८ जनामा संक्रमण देखिएको छ।
महाराष्ट्रमा १०८६ जना नयाँ बिरामी थपिएका छन्। यहाँ २४ घन्टामा १ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५७०० पुगेको छ। यहाँ आज ९०९ जना कोरोनामुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ३९६२ पुगेको छ।
दिनप्रतिदिन संक्रमण बढ्दै गएको भारतमा कोरोनाको नयाँ भेरियन्ट एक्सबीबी डट वान डट सिक्स्टिन संक्रमण फैलिरहेको पाइएको छ।
0 comment