– डा. कल्पान घिमिरे 

काठमाडौं – ढिकपुर पोखाराकी शिला चौधरीलार्ई केही वर्षयता महिनावारी हुँदा पेट दुख्ने र निकै रगत जाने गरेको थियो । ४५ वर्षीया चौधरीलाई अन्य कुनै रोग भने थिएन तर महिनावारी हुँदा रक्तश्राव बढी हुन्थ्यो । आफन्त र साथीहरूले महिनावारी सुक्ने समय भयो । त्यही भएर रक्तश्राव बढी भएको हो र पछि आफैँ ठीक हुने सल्लाह दिएका रहेछन् । जसले गर्दा उनी स्वास्थ्य परीक्षण नगराई आफैँ ठीक हुन्छ भन्दै कुरी बसिन् । 

चार महिना अघि महिनावारी हुँदा उनको रक्तश्राव नै रोकिएन । २२ दिनसम्म रक्तश्राव भइरहँदा उनी शिथिल भइन् र डाक्टरकहाँ पुगिन् । जाँच गराएपछि बल्ल उनले पाठेघरमा ट्युमर पलाएको रहेछ भनी थाहा पाइन् । ‘कुनै रोग छैन भनेर कहिल्यै स्वास्थ्य परीक्षण गराइएन, चौधरीले  बताईन् । रोगले बढी च्यापेपछि अन्तिम अवस्थामा मात्र जाँच गराउने हामी नेपालीको नराम्रो बानीकै कारण हाम्रो स्वास्थ्यमा समस्या हुन्छ ।

पाठेघर भनेको के हो ? पाठेघरको क्यान्सरलाई कसरी निदान गर्न सकिन्छ ?

पाठेघर महिलाहरुको प्रजनन् सम्बन्धित एक प्रमुख अंग हो । यो पेटको तल्लो भागमा रहेको हुन्छ । पिसाब थैली यसको ठिक अगाडी र मलद्धार यसको पछाडि रहेको हुन्छ । यो नासपती आकारको हुन्छ। (Fallopain Tube)  तथा मासपेशी तत्वहरुले दुवैतिरबाट यसलाई अड्याई राख्न मद्दत पु¥याएको हुन्छन् । 

पाठेघरलाई ३ भागमा बाँड्न सकिन्छ :

– Fundus  सब भन्दा माथिको फराकिलो भाग
– Isthmus बीचको साँगुरो घाँटी जस्तो भाग
– Cervix पाठेघरको मुख जुन तल योनिद्धारामा खुल्दछ । 

महिलाहरुको पीडा अनि समस्या भनेकै यतिखेर पाठेघर तथा यसको क्यान्सर हो । जसको कारण विश्वका लाखौं लाख महिलाहरुले ज्यान गुमाइरहेका छन् । पाठेघर, जो सृष्टिको उदगम विन्दु हो । त्यही भ्रुण हुर्कन्छ । दुखः लाग्दो चाहि के भने, त्यही पाठेघरले महिलाहरुलाई जीवनभर पीडा दिन्छ । थुप्रै महिला अहिले पाठेघरको समस्याबाट ग्रसित छन् ।

पाठेघरमा क्यान्सर हुनका कारणहरु :

नेपलामा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर सब भन्दा बढी हुने क्यान्सर हो । विशेषगरी सानो उमेरमा यौन सम्पर्क तथा भाईरसको संक्रमण यसको प्रमुख कारण मानिएको छ । 

निम्न प्रकारका महिलाहरुमा यो क्यान्सर हुने बढी खतरा हुन्छ :

– कलिलै उमेरमा विवाह भएका महिलाहरु ।
– कलिलै उमेरमा यौन सम्पर्क राख्ने महिलाहरु ।
– बढी पुरुषसंग यौन सम्पर्क भएका महिलाहरु ।
– बढी सन्तान जन्माएका महिलाहरु ।
– खानपीनमा ध्यान नदिने तथा कुपोषण भएका महिलाहरु ।
– HPV भईरासको संक्रमण भएका महिलाहरु ।
– पाठेघर अथवा यौन सम्वन्धी बराबर संक्रमण भईरहने महिलाहरु ।
– Hormone तथा Pills लिने महिलाहरुमा खतारा केही बढी मात्रामा हुन सम्भावना रहन्छ ।

लक्षणहरु :

शुरुको अवस्थामा कुनै लक्षण नदेखिन पनि सक्छ, तर रोग बढेको खण्डमा निम्न लिखित लक्षणहरु देखा पर्न सक्दछन्,

– फोहर पानी देखिनु ।
– यौन सम्पर्क पछि रगत देखिनु ।
– महिनावारीको बीच बीचमा रतत देखिनु ।
– महिनावारी सुकी सकेका महिलाहरुमा रगत देखिनु । 
– तल्लो पेट दुख्नु ।
– तथा क्यान्सर फैलिएको अवस्थामा दिसापिसाव गर्दा अप्ठ्यारो हुनु । 

प्याप स्मेयर (Pap Smear)  के हो ?

पाठेघरको मुखको क्यान्सर नियमित जाँचबाट पत्ता लागउन सकिन्छ । Pap Smear पाठेघरको पानी जाँच गरेर क्यान्सर छ की छैन र क्यान्सर हुने संभावना छ की छैन भनि पत्ता लागउन सकिने एक विशेष तर सजिलो किसिमको जाँच हो । हरेक विवाहित महिलाहरुले वर्षको एक पटक नियमितPap Smear गराउनु पर्दछ । यो तरिकाबाट छिटो क्यान्सरको निदान हुन सक्दछ ।

निदानका तरिका :

– Pap Smear धेरै सजिलो तथा तुरुन्त गर्न सकिने जाँच हो । 
–  यो जनिकको स्वास्थ्य केन्द्र अस्पातलहरुमा अथवा स्त्री रोग विशेषज्ञ द्धारा गर्न सकिन्छ । 
–  यो जाँच गर्दा दुख्दैन ।
–  महिलालाई बेहोस गर्नु पर्देन ।
–  ५–१५ मिनेटमा गर्न सकिन्छ ।
–  धेरै महंगो छैन । 

Pap Smear गर्नु भन्दा पहिले निम्न कुराहरुप्रति ध्यान दिनु पर्दछ :

–  दुई दिन अगाडी देखि यौन सम्पर्क गरेको हुनुहुँदैन ।
–  मलम अथवा Douche (डुस) प्रयोग गर्नु  हुँदैन । 
–  यो महिनावारी भएको बेला गर्न मिल्दैन । 
–  सकेसम्म एक हप्तादेखि Antibiotic खाएको हुनु हुँदैन ।

यसका उपचार विधि निम्न प्रकारका छन् :

Pap Smear तथा अन्य जाँचहरुद्धारा क्यान्सर भएको निदान भएमा तुरुन्त उपचार गराउनु पर्दछ। क्यान्सर विशेषज्ञ चिकित्सकहरुसंग कुन महिलालाई कसरी उपचार गर्ने भन्नेवारे सल्लाह गर्नुपर्दछ । राम्रो उपचार पाएमा निको नै हुन सक्ने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर एक हो । 

(क) शल्या क्रिया Surgery

शरीरको कुनै पनि भाग काटेर गरिने उपचारलाई शल्यक्रिया भनिन्छ । शुरुको अवस्थामा पाठेघर फालेमा यो रोगा निको हुन सक्दछ । 

(ख) रेडिोयोथेरापी Radio therapy

रेडियो थेरापी भनेको विकिरणको  प्रयोगबाट अनावश्यक क्यान्सर कोसलाई नष्ट पार्नु हो । सिटी स्क्यान गरेजस्तै बिरामीलाई मेसिनमा राखिन्छ र यही मेसिनबाट आएको मागे भोल्टको विकिरणले क्यान्सर कोसलाई नष्ट पार्छ । क्यान्सर रोगमा शल्यक्रिया र केमोथेरापीको विषयमा धेरै माानिसहरूले सुन्दै आएका भएता पनि धेरैलाई रेडियो थेरापीको बारेमा थाहा नहुन सक्छ । क्यान्सर रोगमा रेडियो थेरापीको भूमिका शल्यक्रिया र केमोथेरापी जति नै महत्त्व हुन्छ । क्यान्सरका बिरामीहरूले रेडियो थेरापीलाई सेकाई को रुपमा चिन्ने र लिने गरेको पाइन्छ । 

यो शब्द प्रयोग गर्नु सायद त्यति उचित नहोला । बिरामीलाई सेकाई चाहिन्छ भन्दा धेरै जसोले तातोपानी, तातो ढुङ्गा र कोरियन सेकाई गरेर घरमा बसेको पनि पाइन्छ । यसै कारणले गर्दा सेकाईको बदलामा  रेडियो थेरापी नै उचित शब्द हो ।  यसको बारेमा सबैले केही न  केही  जानकारी राख्नु बुद्धिमानी अवश्य हुन्छ । रेडियो थेरापीको इतिहास पनि पाठक वर्गको लागि एउटा चाख लाग्दो विषय बन्न सक्छ । 

रेडियो थेरापीको प्रयोग हुन थालेको करिब एक सय वर्षको हाराहारी भइसकेको छ ।  एक्स–रे को आविष्कार सन् १८९५ मा विल्लिअम रन्जनले (William Roentgen) गरेका हुन्  । यो एउटा आकस्मिक खोज थियो । रन्जनले विकिरणको अध्ययन गर्दा एउटा हरियो विकिरण देखिएको थियो । यस्तो विकिरणलाई उनले एक्स–रे (X-Ray) भनेर नामकरण गरेका थिए ।  ’ह’ भन्नाले थाहा नभएको कुरा र (Ray) भन्नाले विकिरण भन्ने अर्थ  बुझाउँछ ।