काठमाण्डौं – गर्मीको समयमा कुनै पनि खाने बस्तुलाई केही समय बाहिर राखिराख्यो भने बिग्रिएको देखेकै छौ । यस्तो विग्रिएको खानेकुरालाई विचार नगरी खायौ भने विरामी परिन्छ । यसरी खानेकुरा दूषित वा विषालु भएमा यसलाई विषाक्त खाना ९ँययम एयष्कयलष्लन० भनिन्छ । खाना विषालु भयो भने पेट दुख्ने, उल्टी पखाला, वाकवाकी लाग्ने आदि लक्षणहरु देखा पर्दछ । विषालु खानामा खानाका सक्कली रङ्ग, स्वाद, बनावटमा समेत केही न केही फरक पाउन सकिन्छ । खानेकुरा मुख्य ३ तरिकाबाट विषाक्त हुन सक्छ । 

(१) रासायनिक पदार्थ (२) जीव जीवात्मा जस्तो कीरा फट्याङ्ग्रा र (३) जीवाणु, विषाणुहरु र ढुसीबाट । यी तीन कुराहरुमध्ये जीवाणुहरुबाट विषालु हुनुलाई प्रमुख लिन सकिन्छ । किटाणुहरु हावा, पानी, झिंगा, भाँडा वर्तन, कपडा लगायत आफ्नै हातबाट पनि खानामा सजिलैसँग जीवाणुहरु प्रवेश गर्न सक्दछन् । यसरी खानामा प्रवेश हुने जीवाणुहरुमध्ये उदाहरणको लागि क्लोस्टिडियम बटुलिनम लिन सकिन्छ ।

यो जीवाणुले व्यासिलस समूहमा पर्दछ । यस्ता जिवाणु खानेकुरामा प्रवेश गरिसकेपछि आफ्नो जीवन प्रक्रिया सञ्चालन गर्ने सिलसिलामा एउटा मृत विष पैदा गर्दछ, जुन प्राणघातक हुन्छ । त्यस्तो किटाणुले बिरामी बनाउने रसायनलाई बोलिनम पैदा गर्दछ । सामान्यतया विषालु खाना खाएको १८ देखि ३८ घण्टा भित्रमा लक्षणहरु देखिन्छन् । यसरी पैदा भएको विषले केन्द्रीय स्नायु प्रणालीमा असर गरी निल्न, देख्न, बोल्न कठीन गराउँछ ।

अन्त्यमा विरामी सिकिस्त भई १ देखि ८ दिन भित्रमा उसको श्वास प्रश्वास प्रणाली बन्द भई मृत्यु समेत हुन सक्छ । यस्तो विरामीलाई सुरुमा नै बटुलिनम एन्टिटोक्सिन दिइयो भने बचाउन पनि सकिन्छ । कलोस्ट्रिडियम बटुलिनम खासगरी माटो, सामुन्द्रिक हिलो र तालका तटहरुमा पाइन्छ । माटोमा उब्जेका खानेकुराहरु माछाहरु, बोतल बन्द खानाहरु, फुड, बोटल फुड, चीज र ससहरु समेत यसका स्रोतहरु भएकाले विचार पु¥याएर उपयोगमा ल्याउनु पर्दछ ।