काठमाडौं - इरान समर्थित हुथी सेनाले  यमनको लाल सागर तटीय क्षेत्रमाथि पूर्ण नियन्त्रण कायम गरेको छ।

इराकबाट प्रक्षेपण गरिएका ड्रोनले आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइप लाइनलाई लक्षित गरेपछि साउदी अरबले सावधानीका रूपमा उक्त पाइप लाइन सञ्चालन स्थगित गरेको छ। यद्यपि थप आक्रमण रोक्न इराकी अधिकारीहरूलाई समय दिन रियादले तत्काल प्रतिकारात्मक कारबाही नगर्ने निर्णय गरेको छ।

साउदी अरबको पूर्व–पश्चिम तेल पाइपलाइनमाथि भएको ड्रोन आक्रमण इराकबाट भएको पुष्टि भएपछि इराकका प्रधानमन्त्री अली अल–जैदीले घटनाको छानबिन गर्न आदेश दिएका छन् र क्षेत्रीय सैन्य कमान्डरलाई पदबाट हटाएका छन्।

क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले इरानले सोमबार ओमानमा खाडी राष्ट्रहरूसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।

वार्तामा विशेषगरी हर्मुज जलमार्गसंग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।