काठमाडौं - अस्ट्रेलियाका दुई राज्यका संसद्ले नेपालमा भएको विपत्तिप्रति शोक प्रस्ताव पारित गरेका गरेको छ। तास्मानिया र दक्षिण अस्ट्रेलियाका संसद्ले नेपालमा भएको विपत्तिप्रति शोक प्रस्ताव समेत पारित गरेको छ ।
नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तास्मानियाको संसद् बैठक मंगलबार स्थगित गरिएको थियो। नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाएका छन्।
दक्षिण अस्ट्रेलियाका प्रिमियर पिटर मालिनास्कसले राज्य सरकारका तर्फबाट युनिसेफमार्फत २ लाख अस्ट्रेलियन डलर (करिब २ करोड रुपैयाँ) राहत सहयोग गरिएको जानकारी दिए। यसअघि अस्ट्रेलियाली सरकारले नेपालमा खोजी, उद्धार तथा राहतका लागि ८ मिलियन डलर सहयोग गरिसकेको छ। बाढीपीडितको खोजी तथा उद्धारमा सहयोग गर्न तीन दर्जनभन्दा बढी विशेषज्ञको टोली नेपालमा परिचालित छ।
नेपालमा बाढीबाट प्रभावितप्रति अस्ट्रेलियाका प्रधानमन्त्री, विदेशमन्त्री, विभिन्न राज्यका प्रिमियर तथा मुख्यमन्त्री, मन्त्री र सांसदले सहानुभूति व्यक्त गर्दै खोजी, उद्धार, राहत तथा पुनर्निर्माणमा आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता पनि जनाएका छन्।


0 comment