काठमाण्डौं – पोखरामा विमान दुर्घटनामा परी मृत्यु भएका युपीका ४ जनालाई योगी सरकारले पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विमान दुर्घटनामा परी ५ जना भारतीय नागरिकले ज्यान गुमाएका थिए जसमध्ये चार जना उत्तर प्रदेशका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार युपीका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
आइतबार पोखराको सेती खोँचमा विमान दुर्घटना हुँदा ६८ यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।
0 comment