काठमाडौं - रुसले युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा गरेको क्षेप्यास्त्र प्रहारबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।
क्षेप्यास्त्र आक्रमणमा नौ तले भवनको एक भाग पूर्णरुपमा ध्वस्त भएको छ भने ७५ जना घाइते भएका छन्। धेरै मानिस अझै बेपत्ता छन् ।
युक्रेनको डिनिप्रोका मेयरले रुसले आक्रमण गरेको अपार्टमेन्टमा फसेका मानिसहरुको बच्ने आशा कमै रहेको बताएका छन् । यद्यपिद उद्धारको प्रयास भने जारी छ ।
सोमबार रुसी राष्ट्रपतिका प्रवक्ताले उक्त भवनमा रुसी सेनाले आक्रमण नगरेको दाबी गरेका थिए । युक्रेनले उक्त भवनमा रुसी केएच-२२ मिसाइलले आक्रमण गरेको भन्दै उक्त मिसाइललाई खसाल्ने क्षमता नभएको बताएको छ ।
0 comment