संवत् १८४९ कार्तिक वदि ७ रोज ९
श्री दुर्गा सहायः १ श्री भैरवी १ श्री यमुना २
स्वस्ति श्रीगिरिराजचक्रचूडामणिनरारायणे त्यादिविविधविरुदावलीविराजमानमानोन्नत श्रीमन्महाराजाधिराजश्रीश्रीश्रीमहाराजेरणवहादुरसाहवुहादुरसम्शेरजङ्गदेवानां सदा समरविजयिनाम्–
स्वस्ति श्रीसर्वोपमायोग्यराजभारासामर्थ श्रीकाजी जगजीतपाँडे श्री सर्दार अम्बरसिं थापा श्री कप्तान गोलज्ञा ष्वासके आशीषपूर्वकपत्रमिदम्।
यहाँ कुशल ताहा कुसल चाहिये पत्र आयो अर्थ मालूम भयो। आगे यहांको माचार भलो छ। उप्रान्त कोड्ययामा वैरि भाइ लाग्याको कतिले तहां अर्फा मुष आयाकालाइ थामन वसी अम्बरसिं थापाले पल्टन र अरु फोज समेत ग्वाहार दिन गयाको वैरिलाइ घर्काई कत्तल गी काट्ययाको हान मार गर्याका फर्दसमेत विंति गरी पठाया छौ विस्तार मालूम भयो। लडाइ फत्य गर्या छौ वनाया छौ। फाल्गुणमा लेख्याको चिठी रहेछ। असौज का ८ दिन जांदा यहां आइपुग्यो।
उप्रान्त आजकाल भन्या तांहावाट आयेनन्। उप्रांत धैवुं सम्म चिनको लस्कर आइपुग्दा र हाम्रा मानिसको मनसुवा घट्ता ढुंगा थामन्या घरी पर्यो दोहरो फौज राषी पनी वैरि हटाउनु पर्या। एस्तो काज परि आउँन्दा ताहां तिमिहरुसंग जान्या भारा तिलंगा ढलेत खोसीन गयाका हुन्। काहि न्या पनि काहि अन्याय पनी पर्यो तपनी कसैलाइ धान कसैलाइ दाम गरि वक्सनेछौ। यसाम कसैले उदास हुनु पर्दैन। विवके हामी राषन्याछौं सवैले यो कुरो सुनी षातिरजामा रहनु वांकी वैरिदेषि काठमाडौं येक दिनको म्याद रहदा थामिन्या ठाउँमा थामी मनाइ सप्रन्या टाउमा मनाइ छोडी सप्रन्या जगा छेडि यहां यस्तो पर्न गयो तिमिहरु धावा गरी आउ भनी लेषी पठायांथ्यौ… १… का कृपाले आयाको वेरी जुझ बुझ गरि। ढुंगाको ठाडो राषी फर्काञौ।
उप्रान्त ताहां तिमीहरुले पनि कुल्याको जिमी थामी। आयाको वेरी टार्याछौ। ञहाको वन्दोंवस्त भयापछि काज तेतैको येकोहोरियो तसर्थ ती जगा वडा ऐश्वर्यले मिल्याको छ नछाड। यहा यस्तो पर्दा केहि कुरामा थाम पुर पुग्न गयेन तापनि अव काज हाम्रो हो थामपुर गरीवक्सन्या छौ।
उप्रान्त देवनिधि पन्थले चिठि लेख्याको ४० दिनमा यहां आइपुग्यो तेस चिठिमा क्या लेष्याको रहेछ। भन्या श्रीमोरिया राजाको फोज मदतलाइ लंगुरगढमा थियो… गढवालका राजाले कवोल्याका रुपैञा नदिंदा फौज फिर्यो नवाफका सल्लाहासित गोर्षाका भारा जगजीत पांडे अम्मरसिंथापा गौलैञा षवास इनिहरुसित अलषनंदामा श्रीमोरिया राजांग भेट भै घाको वन्दोवस्त भयो …२… पार श्रीमोरियाले षानु …२… वार गोर्षले षानु यो वन्दोवस्त गरी राजा फिर्यो श्रीनगर गोर्षाको अम्बल भयो भनी लेष्याछौ यहि समाचार…। वस्न्या २/४ जना मानिसले पनि लेष्याछन् ताहावाट आइपुग्याको छैन तपनि समाचार साचै ठहरायौं समाचार साचै भयापछि त बढीयै काम गर्याछौ भनी षुसी भयौं। अव गन्र्या काजका अर्थकन कालुपाँडे भगुवाषावासलाइ ताहा पठायाको छ इ २ समेत इनको पल्टन औ जोगमल्ल भक्तिथापा तस नञा देसका सुवा ताहा राषी यति फौजले ताहां संभार रहैन भनी काजी जगतीतपाँडेका चित्तमा देष्या सरदार सुवा उमरा सुवेदारलाई तैले षटाई तहा राषनु काजीले षंटायाका मासिनले षटनमा रहनु। जो रहैन सो अपसरिया जो रहला सो सरिया काजी जगजीतपांडेले चाहिंदा मासिन ली तहांको वन्देज गी स सालमा पजनी सवेरै गर्नुछ मोहर देषत हजुर आवा।
उप्रान्त हाम्रा फोज दिगर्चा पुगी फिरि आयाको विस्तार अघि तिमीहरुलाई लेष्यैको हो ताहा पछि यहां भयाको समाचार। दिगर्चा लुट्याको र भोटका काजीहरु पक्रियाको समाचार चीन पुग्दा चीनका वादसाहाको ज्वाइ उजीर टुङ्थाङ् भन्याको र अरु च्यान चुन हैकुम अंवा गैह्र सर्दार फौज औ चिनिञा सोक योग्या गरूम्वा षम्वा गैह्र फौज समेत निक्लदा फाल्गुनमा लासा आइ पुग्याथा लासाबाट १/२ चिठी केही कुरा सलुकका साह्रो कुरा भन्या हाम्रा पीछा पर्न आयाका स्यामरपा लामालाइ र तिमीहरुले छेक्याका लासाका धुरीन काजी इलौ काजीलाइ हामि छेउ पठाइ देउ भनी उसले २/३ पटक लेषता हाम्रा पीछा पर्याकालाइ पीछाको धर्म थामना निमित्त नसौपदा उजीर टुङ्थाङ् आफना जीय अघि सरी फौज ली आषाढ सुदी २ रोज ५ का दिन ककुर घाटका हाम्रा दुइटा ठाना मिच्यो १ ठाना रह्यैको छ भनी केरूङ हाम्रा लस्करका सर्दार छेउ षवर आउदा सर्दार शत्रुभंजनमल्ल आफ्ना तैनाथी सिपाहीसमेत तुलाराम उधौ २ सुवेदार कंपनी समेत केरूङबाट हिड्याछन् वैरिले यो चांजो नवुझी पाङसीङटारका पल्लाछेउ हाम्रा गुहार जान्या मानिस पातलै(पातालै) पुग्न गयाछं। तेसै ठाउंमा लडाइ जोरियेछ तुलाराम सुवेदार समेत २०/२५ मानिस हाम्रा षेत रह्याछन् वैरिका पनि १०/१५ षेत रह्याछन्। केहि घाइत्या गर्याछन्। हाम्रा पछि हट्तै लड्दै केरूङ आयाछन्।
केरूङका ठानाका ढोका मा हाम्रा उधौ षवास सुवेदारलाइ गोली गलागी मरेछ। शत्रुभंजन मल्ल सर्दारले पनि १/२ आफूले पनि हानी आफुलाई पनि कंडामा र पाषुरामा तीरको घा लागी भागी लस्करसंग केरूङमा आइ सामील भयाछन् केरूङ भित्र २ गढी वाहिर १ गढी हाम्रा थिया। हाम्रा कुह्रन्या मानिस पातलै रह्याछन् उसै दिन किल्लामा वैरीलेहम्ला गरेछ। किल्ला नफुट्टा पछि हटी वसेछ। उसका भोलिपल्ट फेरि लडाइ गर्न आयेछ २ प्रहरसम्म लडाइ भइ झारपात आगो फुलटा हाली मीची पहिले बाहिरको किल्ला ४/५ घडी दिन चढ्दा अम्वल गरेछ भीत्रका २ किल्लामा तमाम दीन लडाइ भयेछ वैरिका पनि ३/४ य मोरेछन्। हाम्रा पनि २ सय परेछन् घडी ४ येक रात चढ्दा हाम्रा २ किला फुटेछ हाम्रा मानिस केही निसकि भागी आया उसै रातमा लपेटा ली २ घडी दीन चढ्दा रसुवा आइ पुगेछ। दिनभर वारपारवाट गोलीको लडाइ भयेछ १०/८ वैरिका मार्याछन्। रसुवा षोला माथिवाट तरी छेकारो हाल्न्या गरी वैरी आउंदा हाम्राले रुवा छोडी भाग्याछन् रसुवावाट। भाग्याका हाम्रा र यतावाट जान्या भास्कर जगवल सुवेदार कंपनी समेतको भेट स्याप्रकमा भयेछ षोला वार–पार वैरिको र हाम्रा आड वारावार भयेछ गाउ स्याप्रुकका सह्यारलाई प्रवलराना भारत ष्वास रणकेसर पाँडे श्रीनाथ कंपनी केही उमरा समेत पुग्याछन् पुग्याका ७/९ दिन पछि तन्र्या भैकन वैरि अउाँदा वारीबाट हाम्राले वन्दुकको सलक लाउदा तर्न पायेनछ हटे छ २/३ नि पछि माथिबाट बाक्लो फौज तर्याको देषता हाम्रा लस्करलाइ उकालो पर्दा स्याप्रुकको गाउँव्यासीमा वस्याका हाम्रा भारा फौज सल्लाहसित धुंचे सर्याछन्। उप्रांत हाम्रो भारी फोज दामोदरपाँडे समेत धुंचेमा वस्याका यिया भास्कर गजवल सुवेदार कंपनी समेत धुंचेको थाफ्लो देउराली भन्याको जग्गामा हात्यामालो पुगन्या गरी वस्याका रह्याछन्। वैरिले उसै जग्गामा कटक गर्न आउँन्दा २ पल्ट हाम्राले घर्काइ तेस्रा पटक हाम्रा २ सुवेदार समेत ४०/५० पर्याछन् वैरिका दुइ सये अढाइ सये परी उ जगा अम्वल गरेछ उसै जग्गालाई धुंचेबाट गहार गयाछन्। वीचैका वैरिले हान्न आइपुगेछ येक पटक हाम्राले हटायाछन् फेरि उसको भारी फौज आउँदा हाम्रा २/४ मानिस मरेछन् हाम्रा हटी धुंचेका भारदारसंग सामेल भै असजिलो जग्गा थियो र धुंचे छोडी धैवुङ आया वैरिले पछेडा लिइ आउंदा कमार्यागढछेउ लडाी जोरियेछ।
हाम्राले जित्याछन् ४०/५० वैरी गोली तरवारले मार्याछन् सय दुइ सय भीरमा लडी मोरेछन् रामच्यामा वैरीको लस्कर वसेछ धैवुङमा हाम्रा लस्कर वस्याछन् तेस्तै बीचमा धुंचेबाट वैरिले सलुक गर्र्या आसयेको चिठी उसले पठाउँदा हामीले ईहाबाट उस चिठीको प्रतिउत्तर ली चिनिया पाँडे र धुरीन काजीका साथको ढेवा १ छेकी राष्याको चिनिञा १ पठाञाथ्यौं इनले हाम्रा भारादारलाइ धैवुङ भुटी रामच्यामा गयाछन् उजीर टुङथ्याङदेषि मनिको फौजको सर्दार हयेकुम र चुंटु ई २ सर्दारसंग चिठीपत्र पुग्याछन् चिठी पत्र उजीर टुङथाङ छेउ पठायाछन् हाम्रा जान्यालाई मुषजवानी क्या अरायाछन् भन्या हाम्रा लस्कर भला मानिसलाइ वस्न यो जगा सागुरो छ धैवुं छाडिदेउ गोर्षाका भला मानिस कुराकहानी गर्ना आउ भनी राता कपरामा अक्षर लेषी उहि कपरा तिरमा उनी हाम्रा देउरालीको मुषतिर पनि यहि तीर अक्षर देषाइ तेरा लस्करलाइ पनि देषा हामीले हात थाम्यौ तिमिहरुका लस्करमा हात थाम भनि अह्राइ पठाये छ सोही तीर देउरालीका लस्कररित पनि देषइ दोहरै हात थामियो। धेवुंमा हामीलाई जुझ्न पनि असजिलो थियो उसले पनि भनी पठाउँदा भारादारले नि छाडि दियाछन्। वेत्रावती सांघु वारी हाम्रो लस्कर वैरिको लस्कर पारी भै रह्या ताहा छेकी राष्याका चिनिया र लासाका धुरीन काजी इलौ काजीलाइ पठाइ देउ भनी उजीर टुङथाङ्ले धैवुंबाट चिठी लेख्याको थियो र ई मानीसलाइ ली राणजीत पाँडे भोटुपाँडे नरसिंह टक्सारी दामदास पन्थ बलभद्र षवासलाई उजीर टुङथाङछेउ पठाञौ सवानाका ३१ दिन जाँदा शनिश्चरवार वेत्रावती तरी पारी वैरिका लस्करका मुहुडाका अम्वाहरुसँग रातीमा भेटघाट भयेछ उसै रात यहारह्याका चिनिञा र धुरीन काजीलाइ उजीर टुङथाङ छेउ लैगयेछ वीहायापछि आदित्यवारमा हाम्रा यतावाट जान्या भारदारहरुलाई दोपहरमा उजीर टुङथाङसँग मुलाकात भयेछ इहाबाट लैगयाका चिठीको प्रतिउत्तर ली मंगलवारका दिन रणजीतपाँडे र बलभद्रषवासलाइ यता पठाइ दीया छन्।
बुधवारका दिन यहाँ आइपुग्या चीठीमा बहुत तरहका कुरा लेष्याका रह्याछन्। असजिला कुरा भन्या हामीलाइ धैवुङमा साँगुरो छ नुवाकोटमा हामिलाइ आउन देउ तिम्रो २ मुषको लश्कर उठाइ हामि नुवाकोट आई आई मुष्या राजा राजाका काका नुवोकोट हामि छेउ आइ मिल सलुकका वन्दोवस्त गरौंला राजा र राजाका काका न आया भला मानिस र भरा आउन्या कुराकहानी गरौंला भनी चिठीमा लेष्याको रहेछ। फेरि दोस्रो चिठि लगत्तै उहि बुझको आयो। पछिल्ला चिठीको जवाफ हामीले लेषिराष्याथ्यौ बलैसंग वारी आया हान्नु भनी हाम्रा लस्करलाइ हुकुं वक्सी राष्याको थियो। भदौका ८ दिन जाँदा सोमवारका विहान वैरिको फोज १००० नौ–दस (नव दश–हजार) वेत्रावती तारेछ तरी चोकदे दामोदरपाँडे भयातिर १ मुष गरी आयेछ तीनै कुषतिरवाट हटाइ काट्तै वेत्रावत्रीसम्म लेषट्दै लै गयाछन्। वेत्रावतीका सांगुका मुषमा चिनिञा भारले आफनु भागन्या लस्करलाइ काट्न लाग्येछ सांगुबाट बाटो नपाउँदा वेत्रावतीका सांगुका मुषमा चिनिञा भाराले आफनु भागन्या लस्करलाइ काट्न लाग्येछ सांगुबाट बाटो नपाउँदा वेत्रावतीमा ढेर वग्याछन् भीरबाट लडी मर्याका तरवार गोली कााडमा पर्याका वेत्रावतीमा बग्याका सब जम्मा वेरिका हजार बाह्रसय मोरे छन् हाम्रा तर्फ गोली तीरले घाइत्या १५/१६ भयाछन् चिनिञा जो भागी पारी गयामध्ये सरदार २ को नाक काटी दियाछन् देषता देषतै वेत्रावतीमा फाल हाली मोरेछन् वाकी वैरीका लश्करमा भोटुपाँडे नरसिं टक्सारी छदैछन्। चोट भया पछि पनि घाको संस्था वैरिले छोड्याको छैन हामीले पनि छाड्याको छैन।
वाससाद लाइ चिठी पत्र सर सौगात ली पगरी बाधन्या भारादारालइ चीन जान्या भै पठाउँदा दिगर्चा लुटी ल्यायाको तिम्रा दर्वारमा आइपुग्याको केहि माल पठाइदिनु अघी केरूङमा भोटका काजी स्यामरपा लामा तिमीहेरूका भारा वसी गर्याको धर्मपत्र त्यो पनि पठाउ स्यामरपा लामा भन्या मरी गयो उनका परिआर आलमाल चाकर पनी पठाइदेउ उनैका गुम्बामा राषिदिउला भनी वारंवार उजीर टुङ्थाङ्ले २/३ चिठी। लेषता यो सबै थोक ली हरि… बलभद्र षवासलाइ वडा टुङथाङका साथ चीन जान विदा गरि हिंडाञौं वादसाहलाई चिठिपत्र सर सौगात लि पगरिबाँन्या भारदारलाइ पुगन्या वादसाहको दर्शन गन्र्या आफ्नु केही वताउन्या गरी पठाउछौं पठायाका भारालाइ ली घाको ठेगाना वाधी आफनु लस्कर ली फिर्यो भन्या बढीयै भयो।
उप्रान्त असौजका दिन ५ जांदा चीन वदासाहलाई अर्जी सौगात ली काजी देवदत्ताथापा सुवा प्रतिमन राना जेठा बुढा नरसिं टकसीका छोरा जयन्तसाही षर्दार विष्णुसंकरको छोरो वलभद्रलाई बड़ा टुङथाङका साथ चीनजान विदा गरी हिडाञ्यौं। असौजका १० दिन जांदा उज्रि टुङथाङछेउ धैवुंमा भेट मुलाकाज भयेछ। हाम्रा भारा काजीहरुलाइ दोषी उजीर टुङथाङ बहुत षुसी भयेछ चिनियााको लस्करलाइ षनालाइ पनि गाह्रो पर्याको रहेछ दुषता पनि बहुतै दुषता रह्याछन्। मोर्दा पनि बहुतै मोर्दा रह्याछन्। हाम्रा भारा पुग्व्यापछि दुषन्या पिरन्या लस्कर षजना फिराउन लागेछ आफु टुङथाङ् उठ्नासाथ हिड्न्या लस्कर मात्र रह्याछन्। असौजका २४ दिन जांदा शनिवार ६ तिथिका दिन उजीर टुङथाङ लस्कर समेत धैवुङ छाडी हाम्रा काजीहरु साथली चीनलाइ फिर्यो। इति संव्त १८४९ साल कार्तिक वदी ७ रोज १ मुकाम कान्तिपुर राजधानी शुभम्–
0 comment