रंजिला दाहाल
महिलाहरुको स्वास्थ्य मानव सभ्यता र सृष्टिको एक महत्वपूर्ण अंग हो। महिलाले मानव समाजको झन्डै आधिभन्दा बढी भाग ओगटेको छ। स्वास्थ्यको विषयमा पुरुषको तुलनामा महिला अलिक बढी स्वस्थ रहन्छन्। मानिसको खाना पिना जस्ता विषयमा महिला पुरुषमा खासै भिन्नता नभएपनि जन्मदेखि वयष्क हुने क्रममा पुरुषको तुलनामा महिला निरोगी र छिट्टै वयष्क हुने गर्दछन्।
पुरुष जन्मेपछि क्रमश: वयष्क हुन्छ। उसलाई विभिन्न क्रमतहरु पार गर्न पर्दैन। तर महिलालाई जन्म-वयष्क देखि पाको उमेर बीच विभिन्न अवस्था पार गर्नु पर्दछ।
१. महिनावारी
२. गर्भावस्था
३. स्तनपान
४. विभिन्न महिला रोग
५. आधुनिक खानपान दिनचर्यासँगै आउने समस्या
६. घर परिवार व्यवहार
७. विभिन्न बाहिरी घटनाक्रम
जब महिलाहरु युवा अवस्थामा प्रवेश गर्छन् तब हरेक महिना महिनावारी जस्तो रुटिङ्गको चरणमा प्रवेश गर्न बाध्य हुन्छन् । यसै समयदेखि उ लगभग गर्भधारंनको लागि तयार हुन्छे। यस्तो अवस्थामा कुनै पुरुषको सम्पर्कमा रहँदा उसको अण्डाशयमा अन्डानु प्रसवको लागि तयार भयो भने नवजातको जन्म हुन्छ। त्यो भनेको अर्को सृष्टि हुनु हो। गर्भधारण देखि नवजात शिशुको जन्मको समयमा महिलाहरुले मात्र एक प्रकारको शाररिक कष्ट सहन बाध्य हुन्छन। कति महिलाहरुको मासिक रुटिंगमै अनियमिता हुन्छ। विभिन्न कष्ट सुरु हुन्छ। यस्तो समयमा महिलाहरुको विशेष दैनिकी र खानपानको व्यवस्था गर्नु पर्छ। तर कतिपय ठाँउमा यस्तो हुँदैन। यतिखेर कतिपय महिलाहरु निराश / झर्कने / एकोहोरिने जस्तो हुन्छ। हो यो समयमा परिवारको सहयोग अनिवार्य छ। कतिपयलाई गर्भधारण मै समस्या आउँछ। मासिक धर्मको समय हुने रगत निकासीले तथा आइरनको कमीले ठुलो असर पर्दछ।
गर्भावस्थामा खानपान, भिटामिन, आइरन लगायत रेख देखको बढी आवश्यकता पर्दछ। गर्भिणी महिला तथा शिशु दुबै स्वस्थ रहन पनि स्वस्थ हुन् जरुरी छ। रोगि महिलाबाट सन्तान राम्रो र स्वस्थ नजन्मिन पनि सक्छ। रगतको कमि आइरनको कमि जस्ता कुराको नियमित जाँच गर्नु पर्दछ।
स्तनपान
बच्चा जन्मेपछि आमाको दुध अनिवार्य छ। त्यसको लागि भिटामिनयुक्त पोषिलो खानपान गर्न र सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ। जसले गर्दा बच्चालाई दुधको कमि नहोस्। प्राकृतिक रुपमा आमाको दुधले पुगेको बच्चा त्यसै स्वस्थ हुन्छ। उसलाई निर्देशित खोप बाहेक अस्पतालको जरुरत पर्दैन। जब आमाको दुध प्रशस्त आउँछ, नवजात शिशुलाई बाहिरी रसायन वा त्यस्तै अखाध्य वस्तुको आवश्यकता पर्दैन
महिला रोग
खानपान, सरसफाईको अतिरिक्त पनि कतिपय महिलालाई विशेष महिला रोग हुन पुग्छ। त्यो भनेको स्तनको समस्या देखि स्तन क्यान्सरसम्म हुन्छ। कतिपयलाई रगत बग्ने समस्या हुन्छ भने कतिपयलाई सेतो पदार्थ बग्ने जस्ता समस्या हुन सक्छ। यसमा योनिमा संक्रमण देखि योनि क्यान्सरसम्म हुन सक्छ।
योन जिवन, खानपान र विभिन्न गर्भ निरोधक साधनको प्रयोग।
आजकाल हरेक कुरा प्राय: अप्राकृतिक हुँदै गईरहेको छ। जिवनशैली, खानपान बैदेशिक रोजगार आदिको कारणले महिलाहरुले विभिन्न साधनको प्रयोगको साथै गर्भ निरोधक औषधिको प्रयोग गर्दा विवाहित गृहिणी अथवा अविवाहित महिलाहरुको जीवन अस्वस्थ हुँदैछ। त्यो भनेको विभिन्न रोग देखिन्छ।
१. बढी मोटो हुनु
२. कपाल झर्नु
३. बढी पातलो हुनु आदि
कतिपय कामकाजी महिलाहरु पनि सबै कुरा प्राकृतिक नहुँदा महिनावारीको समयमा बढी तनावको अवस्थामा हुन्छन्।
यी सबैको उपचार भनेको प्राकृतिक आहार विहार प्राकृतिक जीवनशैली नै हो। योन आवश्यकता पनि महत्वपूर्ण कुरा हो। यो प्राकृतिक विषय हो। त्यसैले हरेक कुरा प्राकृतिक भित्रै रहेर सकेसम्म प्रकृतिलाई नै रोज्यौं भने माथि उल्लेखित रोग तथा घटनाहरुबाट बच्न सकिन्छ। हाम्रो समाजले कतिपय प्राकृतिक कुराहरु पनि पचाउन सक्दैन। त्यो पनि महिलाहरुले नै सहनु पर्दछ। त्यसैले अलिक सचेत बनौं, स्वस्थ जीवन जिऔं।
0 comment