शाके १६९५ सम्वत् १८३० सन्१७७३

श्री दुर्गा सहायः १

स्वस्तिश्रीपरमहंसपरिव्राजकसकलचक्रचक्राधीश्वरश्री श्री श्री श्री श्रीमद्भगवन्तनाथदेवदेवषु सदा समरविजययिषु. लि….
स्वस्ति श्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्यादिविविधविरुदावलिराजमानमानोन्नतथीमन्महाराजाधिराज श्री श्री श्रीमहाराजे पृथ्वीनारायणसाहबहादुरसम्सेरजङ्गदेवनां सदा समरविजयिनां साष्टाङ्गदण्डवत् प्रणामपूर्वक–पत्रमिदम्.

ञहाँ बाट एक जना जेठाबुढा र थर घर समेत कालुपाँडे कान पठाउँछौँ. आउँछ. आफनु कृपा भया. जुमला संग वनला, उप्रान्त, दशइ पछि आफना मानिस आइ पुग्या थ्या. तसै विच महाँ. बिदा गरौं भनि तयार भयथ्यौः मलाइ विसञ्च भयो र ढील भयो. पछि मलाइ संच. भयो र विदा गरौं भन्दा. लमजुङ्ग तनहुं ले घाट बाट सबै बन्द गरि छेक्या र मुषो पनि छिरन दियेनन् अरु घाट वन्दै गरि राख्या छन्. तसो हुनाले आफना मानिस कन ढील भयो. उप्रान्त. पूर्वका काजलाइ आशीर्वाद वक्सी पठाया गयेथ्यो. आशीर्वाद शिर चढाई कन किरात को काज गर्‍यां थ्यौं. आफना आशीर्वादले अरुण साँध लाग्यो. हजार एक वैरी काटियो. सये चार वैरि नदीमहा वगी मर्‍यो. सये चौध जहान बच्चा पकडिया. वल्लो किरात फत्ते भयो. किरातँ फत्ते भयाको पगडि एक चढाई पाठायाको पहुँचला.
उप्रान्त. पर्वतको कास्कीको कट्ययां भन्याको हान्यो जना ४० पर्वत्या काटिया छन्. जना. ३२ कस्क्याली काटिया छन्. पाङद्ुरमहाँ पर्वतले ठाना दी राखेछ. पाङद्ुर फुट्याको छैन. वाकी लमजुङ्गले एक मुखले मुग्जा हान्न गये छ. एक मुखले कास्कीको थाक. हान्न गये छ. थाकबाट. कास्कीले घरकायेछ र जना. ८० असी लमजुंग्या काटिया छन्. मुग्जा महा पनि लडाइ भयेछ. लमजुंले घरकाये छ र कास्क्याली नरेश…
साह समेत जना ७ कास्क्याली काटिया छन्. जना ६–७ लमजुङ्गिया काटिया छन्. कास्की माथी लाई लागेइको छ. कास्कीका गुहारकन हाम्रा काजी चौतारा फोज समेत गोर्खा पुगी रह्या छन्. मंशिर का दिन ४ जाँदा रागिनास तिरको काज गर्छौँ –इतयादि खण्डित)

गोर्खा जुमला आदि सन्धिबारे शाके १६ संवत् १८३१ सन् १७७४

श्री गोरषनाथ १ श्री दुर्गा सहायः १

स्वस्तिश्रीपरमहंसपरिव्राजकसकलचक्रचक्राधीश्वरश्री श्री श्री श्री श्रीमद्भगवन्तनाथदेवदेवषु सदा समरविजययिषु. लि….
स्वस्ति श्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्यादिविविधविरुदावलिराजमानमानोन्नतथीमन्महाराजाधिराज श्री श्री श्रीमहाराजे पृथ्वीनारायणसाहबहादुरसम्सेरजङ्गदेवनां सदा समरविजयिनां साष्टाङ्गदण्डवत् प्रणामपूर्वक–पत्रमिदम्.

यहाँ कुशल. ताहाँ चरणविन्द क्षेम कुशल नै हमारो उद्धार होला. आगे याहाको समाचार भलो छ. उप्रान्त. कृपापत्र समेत शशिधर उपाध्याय आइ पुग्या. पत्रार्थ मुहजमानी विधिविस्तार विनती गर्‍या. सुन्यौं. नाति पैदा भयो भन्दा सुन्यौ र बहुतै हर्ष भयो. …१… का कृपासै सदा बडती होला. भनि हुकुम आयेछ. गन्र्या गराउन्या भन्याका १ छन्. उनैका कृषले जन्म भयोथ्यो. उनैका इच्छाले लिनु भयो. यो संसा भन्याको यस्तैछ. इच्छा १ को छ. परन्तु आफना पावले आशीर्वाद वक्स्या अरु जन्मदा पनि जन्मनन्. जन्म्याका पनि चिरञ्जीवी हुनन्. आशीर्वाद वक्स्या जावस्.

उप्रान्त. जुमला. जाजरकोट.संग घा गन्र्या मिठास बहुत राषन्या. भनि हुकुम आयेछ. वडिया येक जोल्या मानिस हाम्रा यता वाट जुमला गयाका थिया. वाहां वाट पनि महतारा १ वुढाथोकि १ द्वि जना जुमलिया याहा आइरह्याछन्. गोर्खा जुमलाको एकत्व गरौं. भला मानिस लिन आञ्यू. भन्न आया र यायहावाट पनि महेश्व पन्थको छोरो वीरभद्र पन्थ समेत जना आठ दश मानिस जुमला जान्छन्. तैयार भै रह्याछन्. तेहि वाटो पठाउँ भन्दा चौविसीले मुष्यमासिन पनि जान देवैनन्. मानिस जान दिया पनि सौगात त्यो वाट जान देवैनन्. भन्ना निमित्त हाम्रै उही (रुद्र) भोटको वाटो गरिजान्छन्. आफना मानिस पनि ताहाँवाट जुमला पठाउन्या. जुमला जाजरर्कोट संग हाम्रो वनाइ वक्सन्या. वाकि शल्याना जाजरकोट लाइ पनि याहाँवाट मानिस आउँछन्.. प्यूठाना पनि भला मानिस आउछन्.

उप्रान्त. किरातका काजलाई तरवार हुगुम वक्सी पठाया गयेथ्यो. किरातको अम्वल मदेश पहाड भोट जति थियो. आफ्ना आशीर्वादले सबै फत्य भयो. मध्येश माहाँ कनकाइ नदी पहाडमाहा साभा खोलो तमोर नदी को साथ लाग्यो. मानिस काट्न पाइयेनन. भाग्यो कति मोगलाना तिर गयो. कति सुखिमतिर गयो. अरू झार जङ्गलमाँहा जना ८५ वेसि काटिया. वाकी सुखिम संग हाम्रो घा हुन लागि रहेछ. घा वन्या देखि किरात वाट भागी जान्याकन पकडर हामिलाई सौपि दिन्या छ. घा न वन्या अव हामिले सुखिम संग लडन् पन्र्या छ सुखिम आइ जाला. आफना आशीर्वादले कत्तल गरौंला.

उप्रान्त( अव मैले दाङ् जान्या हो कि शल्यान वसन्या हो. भनि हुकुम आएछ. हाम्रो वुझ्याको त. शुल्याना माहा थोरो यादर हन्या भया दाङ्गमहा ढेरै यादर हुन्याभया पनि शल्यानै माहाँ वसन्याहो. शल्यानाले कति याद नगर्‍या त क्या गर्नु होला. आदर नगन्र्या भया छाड़नै पर्ला. वाकि मण्डल सित हिजै देखि हामिले आफना पाँव महाँ चढाया कै छ.

उप्रान्त. हाम्रा विश्वमित्र उपाध्याय गङ्गानन्द आचार्य सुखिम गयाका छन्. वृहस्पति पण्डित पुरैनियाँ गयाका छन्. किरीटमाली पटना गयाका छन्. वैकुण्ठ उपाध्याय नवाब सुजाउद्दौला छेउ गयाका छन्. येति ठाउँ मानिस वस्यैका छन्. दिनानाथ उपाध्याय कलकत्ता कन गै रह्या छन्. अलिक दिन माहाँ पुगनन्. वाँकि लासा पनि भीमगिरिको शिक्ष्ये राजगिरि जान्छन्. इनको कोठी काशीमहा पनि छ. ञाहाँ पनि घर षेत कोठी छ.

उप्रान्त. लमजुङ्ग सित पनि हाम्रो ललो पोतो छदै छ. विश्वेश्वर उपाध्याय र सिवा घिमिर्‍या वस्याका छन्. कास्कीसँग पनि ललो पोतो छदै छ. हाम्रो वीरभद्रथापा कास्की वस्याको छ. कास्कीका जना द्वि वाभन याहाँ वस्याका छन्. अरू चौविसी संग त हाम्रो जस्तो छ. आफ्ना पाँवमाहाँ मालुमै छ. भरिसक्य हामिलाइ हान्नै षोज्छन्. उनको पुग्दैन र षुमची रह्याछन्. विस्तार शशिधर उपाध्याय विनति गर्नान्. विज्ञेषु किमधिकमिति. भाद्रपद. शु. दि ६ रोज ६ मुकाम काठमाण्डौँ शुभम् (वि.सं. १८३१)