काठमाडौं - मेक्सिकोको एक जेलमा अज्ञात बन्दुकधारीहरुले आक्रमण गर्दा १४ जनाको ज्यान गएको छ।
सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। हमलामा जेलका १० सुरक्षाकर्मी र ४ जना बन्दीको ज्यान गएको हो।
जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए। सो आक्रमणमा परेर १३ जना घाइते भएका छन्। उनीहरुलाई अस्पताल पुर्याइएको छ।
त्यस्तै, आक्रमणको समयमा जेलबाट २४ जना बन्दी भागेका छन्।
आक्रमणको क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ। जेलका अधिकारीहरुले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरुले हमला गरेका अनुमान गरेका छन्। अहिले सो जेलमा थप सुरक्षाकर्मी राखेर सुरक्षा दिइएको छ।
0 comment