काठमाडौं - गोली चलेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई  ह्वाईट हाउस करेस्पोन्डेट्स डिनरबाट  हतारमा बाहिर लगिएको छ ।

अमेरिकी राष्ट्रपतिले शुटर पक्राउ परेको बताएका छन् र अब केही बेरमा  मिडियालाई सम्बोधन गर्ने तयारीमा रहेका छन्।

युनाईटेड स्टेट्स सेक्रेट सर्भिसका अनुसार राष्ट्रपति, प्रथम महिला र अन्य सबै सुरक्षामा रहेका व्यक्तिहरू सुरक्षित छन्, जबकि सातदेखि आठ राउन्ड गोली चलेको थियो।

कार्यक्रममा उपस्थित व्यक्तिहरूले ठूलो अन्योलबीच टेबलमुनि लुकेका थिए।

ट्रम्पले सकमाजिक संजालमा लेख्दै उक्त कार्यक्रम स्थगित गरिएको र ३० दिनभित्र पुनः आयोजना गरिने बताएका छन्।