बैँसको प्रथम चरणले हल्का रूपले छोएकी, अनुहार धपक्क बलेर चम्केकी, कुनै पनि बनावटीपन नभएकी, प्रकृतिमा फुलेर निख्खर उज्यालो अनुहारकी थिइन्” । रणबहादुरका आँखामा यिनी बत्तिस लक्षणले युक्त भएकी, ब्रह्माजीले आफ्नै लागि रचना गरिदिएका हुन् जस्तो, यिनको शरीर मूर्तिकारले कुशलतापूर्वक ढालेको मोहिनी मूर्तिजस्तो प्रतिविम्बित हुन्थ्यो । यिनी सुन्दर शारीरिक सौन्दर्यकी धनी र असल गुणले युक्त आदर्श नारी पात्र हुन् । यस्तो सुन्दर शरीर क्षयरोगले गलाएर निख्लोट बनाएको अवस्थाको चित्रण उपन्यासमा निम्नानुसार गरिएको छ, “खाउँखाउँ लाउँलाउँ उमेरमा गाला खर्लप्प गडेको, निधारमा निला नसाहरू पुटुस्स उठेर हाँगाबिँगा फैलिएका, आँखा गडेर वरिपरि हल्का निलो पोतिन पुगेको, कञ्चेट केही धस्सिएको, अलिकति चलहल गर्दा नै स्वाँस्वाँ भएर दम फुल्ने व्यथा लागेको थियो – सुन्दर प्रसाद शाह, २०५५
नेपालको शाह वंशको इतिहासमा राजाले ब्राह्मणी विवाह गरेको र तिनी महारानी भएको इतिहास अनौठो तथ्य सत्यको रुपमा परिचित छ । नेपाली इतिहासमा एकातिर यो तराईसँग जोडिएको छ खास गरेर मिथिला अञ्चलसँग यो खुल्लम खुल्ला भएको ऐतिहासिक तथ्य । शासन सत्तामा रहनु मोजमज्जा गर्नु अत्याचार गर्नु आदि कैयौँ शासकहरुको हुने नै गर्छ राजाहरुको त हुने नै भयो यसै क्रममा पृथ्वीनारायणका सन्तति रणबहादुरको पनि देखिन्छ । यिनको पालामा भारतमा अंग्रेज शासन थियो र यो समयमा यिनी काशीमा पनि पुगेका थिए निर्वासन जस्तै ............. ।
राजा रणबहादुर शाहको बारेमा नेपाली इतिहासमा राम्रो लेखिएको छैन । इतिहासकारहरुद्वारा यिनी राजकीय धर्म निर्वाह नगर्ने राजाको रुपमा चित्रित छन् । त्यसै पनि राजाहरु विलासितामा लाग्ने हुन्छन् नै सोही सन्दर्भमा रणबहादुर पनि देखा परेका छन् । रणबहादुरलाई पछि स्वामी महाराज पनि भनियो । यिनको पहिलो विहे गुल्मीकी राजकन्या विद्यालक्ष्मीसँग भएको थियो जो महारानी राजा राजेश्वरीको नामले प्रख्यात भइन् । यस पछि रणबहादुरको सुवर्णप्रभासँग विहे भयो जसका सन्तान रणोद्देत शाह बने । विलासी रणबहादुर शाहका एक जना सुन्दरी तिरहुतनी ब्राह्मणीसँग विहा भयो तिनको नाम कान्तमती थियो । यिनका एक छोरा भए जो सन् १७९५ मा जन्मिए र पछि काशी गएर फर्केर आएर रणबहादुर शाहले कान्तमतीकी बहिनी चन्द्रावतीसँग बिवाह गरे यो विवाह १८०४ तिर भएको थियो । रणबहादुरको अन्तिम विवाहिता रानी चाहिँ ललिता त्रिपुर सुन्दरी थापाकी छोरी थिइन् ।
रणबहादुर आफ्नै विवाहिता पत्नी सुवर्णप्रभा बाट जन्मिएका राजकुमार छदा छदै कान्तमतीको प्रेममा पागल भए र उनले आफ्नो शेषपछि गिर्वाणलाई नै राजा बनाउनका लागि कदम चाले । हुदाहुदा रणोद्देत शाहलाई भित्रीनी तिरका छोरा समेत घोषित गरे । रणबहादुरले आफ्नो जीवनकालमै गिर्वाणको राजतिलक गराए र (जेठी) महारानी राजा राजेश्वरीलाई गिर्वाणको नायवी दिए अनि सन्यास लिए अबको उनको नाम स्वामी निर्वाणानन्द सन्यास लिएता पनि रणबहादुरले कान्तमतीलाई छोडन सकेनन उनी पनि स्वामी महाराजकै साथमा देवपाटनमा बस्न पुगिन । रणबहादुर कान्तमती रोगले आक्रान्त भए पछि झन्डै बौलाए त्यस बेलामा भनिन्छ १ लाख रुपैया खर्च गरे अनेक देवी देवताको उपासना पछि दानका वस्तुहरु पनि फिर्ता लगे एक प्रकारको उत्पात खडा भयो अनि रणबहादुरले राजकाजका काममा पनि हस्तक्षेप गर्न थाले । यस पछि रणबहादुरले पुन राजसत्ता आफ्नो हातमा लिन प्रयास गरे । उनले आफ्नो शासन चलाउनलाई कोसिस गरे करिब १ वर्ष त्यसपछि सन् १८०१ मा पाटन छोडी काशीतिर पलायन गए । त्यसबेला अंग्रेजहरुले रणबहादुरलाई काशीमै रोकिराख्ने कुरामा ध्यान दिन छाडे त्यसपछि रणबहादुर काठमाडौ आए र सत्ता लिन प्रयास गरे तर त्यो सम्भव नभए पछि स्वामी महाराजको नामले गिर्वाणयुद्धको नायवका रुपमा राजकाज चलाउन थाले दामोदर पाण्डेको ठाउँमा भीमसेन थापा प्रधानमन्त्री नियुक्त गरिए । विलासी रणबहादुर शाहले के के गरेनन उनले दामोदर पाण्डेको हत्या गरे । पृथ्वीपाल सेनको नजरबन्दी लाग्थ्यो कुन बेला त्यो उत्पात गर्ने हुन् । दरवारभित्रको अनेक किसिमको जालझेल हानाथाप जस्ता कुराहरु त्यसैले शेरबहादुरले रणबहादुरलाई हत्या गर्न प्रयास गरे फलत बालनरसिंह कुवँरले शेरबहादुरलाई समाप्त गरे मर्नु अगाडि रणबहादुरले दरबारका सबै भारदारहरुलाई भीमसेन थापाको संरक्षणमा छोडे । भीमसेनले हेल्मोमा निर्वासित रानी राजा राजेश्वरीलाई रणबहादुर शाहकै साथ सती जान बाध्य गरी आफ्नो अगाडिको एक ठूलो संभावित बाधा पन्छाए । रणबहादुरकी कान्छी रानी थापाकी छोरी थिइन र यिनी गिर्वाणकी नायव बनाइन । यसरी हेर्दा रणबहादुरको दोहोरो चरित्र देखिन्छ एकातिर उनी अत्यन्त विलासी देखिन्छन् अर्कोतर्फ प्रेमी पनि उनको विलासिता काशीमा पनि कम थिएन बेश्याहरुसँग लाग्ने अनि कथित प्रेम लिलाको ढोंग रच्ने महारानी राजेश्वरीका रत्नाभूषण पनि मास्ने यस्तै ............... ।
दरबारको चक्रव्यूह यस्तै एकातिर एउटा रानीको चलखेल अर्कोतिर अर्को रानीको ।
इतिहास कान्तवती जन्म वि.सं. १८३८ – मृत्यु १८४६ को घटना
जनकपुरमा जन्मिएकी कान्तवती छ वर्षमा विवाह भई विवाहको एक वर्ष नपुग्दै बालविधवा भएकी, महाशिवरात्रि पर्वमा काठमाडौँ आएकी यिनी पशुपति परिसरमा अवस्थित राममन्दिरमा बसेकी, श्री ५ महाराज रणबहादुर शाहको पहिलो नजरमा नै यिनी परेकी, केही महिनापछि यिनीहरूको विवाह भएको, अढाई वर्ष पुग्न नपाउँदै प्राणघातक राज्यक्ष्मा रोगले कान्तवतीलाई छोएको, उपचारका सबै उपाय गरिएको ।
काठमाडौँ ............ महाशिवरात्रि मेला भर्न कौशल्यादेवी र कान्तवती दुवै पशुपति आइपुग्छन् । यिनीहरू राममन्दिरमा वास बस्दछन् । पशुपतिको दर्शन गरी उनीहरूसँगै आएका अरू सबै आफ्ना घर फर्किए पनि कौशल्यावती बिरामी भएकाले आमाछोरी घर फर्किन सकेका हुँदैनन् । यिनीहरू नित्य वाग्मतीमा नुहाउने गर्दथे ।
........ महाराज रणबहादुर शाह भोलि पशुपतिमा सुनको कमल चढाउन सवारी हुने भएकाले उनको नजर पर्ने ठाउँमा कान्तवतीका आमाछोरीलाई उभ्याउने योजना बन्दछ ।
सोहीअनुसार भोलिपल्ट महाराज पशुपति आउँदा यिनको नजर कान्तवतीमा पर्दछ । दुवैको देखिदेख, हेराहेर हुन्छ । महाराजले कीर्तिमानलाई आमाछोरी दरबारमा हाजिर गराउन हुकुम दिन्छन् ।
.............. महाराज दरबारमा पुगे पनि यिनका आँखामा कान्तवतीको सुडौल शरीर नाच्न थाल्छ ।
कान्तवतीका आमाछोरी भक्तपुर दत्तात्रय मन्दिर दर्शनमा गएका हुन्छन् । यिनीहरू राममन्दिर आउनासाथ दरबारबाट बोलाहट भएको कुरा थाहा पाउँछन् । यिनीहरू यत्तिकै दरबार जाने कुरामा सहमत हुँदैनन् तैपनि राजाका बारेमा सबै बताएपछि, सम्झाउँदै, धम्क्याउँदै दरबार लगिन्छ । कान्तवती, यिनकी आमा र मामा रघुनाथ तीनजना वृखबहादुरको साथमा दरबार पुग्दछन् ।
......... दरबार वरिपरिको वातावरण देखेपछि कान्तवती केही लोभिन्छिन् ।
........ कान्तवतीको धपक्क बलेको रूपलावण्य देखेर महाराज पनि मोहित भएका हुन्छन् । अब आमाछोरी नै दरबार भित्रिन्छन् । महाराजका हुकुमले कान्तवतीका बुबा र भाइ दरबारमा आइपुग्छन् । यिनीहरू सामु महाराजले आफूले कान्तवतीलाई मन पराएकाले विवाह गराइदिन माग्दछन् । नारायणदत्तले आफ्नो र छोरीको सबै यथार्थ बताई विवाह हुन नसक्ने कुरा राख्दछन् । महाराज जसरी पनि विवाह गरेरै छाड्ने कुरा गर्दछन् ।
असारको पहिलो रात गोरखा दरबारमा कान्तवती र रणबहादुरको धूमधामसँग विवाह हुन्छ ।
छोरीको विवाह आफूसँग गरिदिएकोमा रणबहादुर खुसी भई नारायणदत्तलाई काठमाडौँमा दुईतले घर, धनुषा, महोत्तरी र बारामा एक हजार आठ सय बिगाहा जमिन बिर्ता र पण्डितको उपाधि दिई दरबारमा जागिर दिन्छन् ।
केही समयपछि यिनी सानसँग जनकपुर फर्कन्छन् । तर गाउँले, इष्टमित्र कसैले पनि यिनलाई मान्दैनन् ।
उल्टै पातकी, प्रतीत ब्राह्मण, पापी बाहुन, जात फालेको, विधवा छोरीको विवाह गराएको भनी यिनको निन्दा गरी यिनीसँग कोही पनि बोल्दैनन् ।
यिनमा अधैर्य हुन्छ । उज्यालो हुनुपूर्व आफ्ना मालसामान लिई जन्मस्थललाई सदाका लागि परित्याग गरी यिनी बारातिर लाग्दछन् ।
बाटामा आउँदा महन्त सुमनदासकहाँ पस्दछन् । सुमनदासले मिथिलाञ्चलको नाभीस्थल विन्धीलाई छाडी भवानीपुर बारा जाने निर्णय बदल्न, बरु आफूले मिथिलावासीलाई सम्झाउन सघाउने बताउँछन् ।
दरबारमा कान्तवतीले गीर्वाणको जन्म दिन्छिन् । दरबारमा युवराज जन्मेकोमा हर्ष र बधाई गरिन्छ । सबैमा खुसियाली छाउँछ । कान्तवतीलाई हल्का सामान्य रुघाखोकी लाग्दछ । वैद्य यिनको उपचारमा लाग्दछन् । यिनको यो व्यथा बढ्दै गएर हनहनी ज्वरो आउन थाल्दछ ।
.......... महारानीलाई व्यथाले च्याप्दै लग्छ । राजवैद्य भवानीवल्लभले हरेक कोसिस गर्दछन् । यिनको औषधिले महारानीको व्यथा बिसको उन्नाइस हुँदैन । राज्यक्ष्माले छुन लागेकी महारानीलाई वैद्यले सन्निपातको औषधि खुवाएको आरोपमा वैद्यलाई सर्वस्वहरणसहित प्राणदण्डको सजाय सुनाइन्छ ।
महारानी कान्तवतीलाई राज्यक्ष्मा (क्षयरोग) लागेको पक्का भएपछि महाराज रणबहादुरमा चिन्ता बढ्न थाल्छ । मन शान्तिका लागि तलेजु भवानीको दर्शन गर्दछन् । महारानीको आयु आरोग्यका लागि पाठपूजाको सङ्कल्प गर्दछन् ।
वि.सं. १८४६ मा कान्तवतीले पूर्णिमाको दिन पशुपतिमा महास्नान र महाबली गर्ने इच्छा राख्छिन् । यसैअनुसार सम्पूर्ण तयारी आरम्भ गरिन्छ । यता महाराजले भारदारीसभा बोलाई जातभातमा आफूले कुनै विभेद नगर्ने र नगरेको कुरा राख्दै आइन्दा राजकाजको जिम्मा युवराज गीर्वाणलाई दिएको घोषणा गर्दछन् ।
अठार महिनाका अवोध शिशुलाई कान्तवतीले राजराजेश्वरीको जिम्मा लगाउँछिन् ।
पशुपतिमा भव्यताका साथ महास्नान र महाबलीको कार्यक्रम आयोजना गरिएको हुन्छ ।
कान्तवती अन्तर्मुखी स्वभावकी व्यक्ति । यिनी आफ्ना भावनाहरूलाई बाह्य रूपमा व्यक्त नगरेर आन्तरिक रूपमा नै लुकाउने गर्दथिन् । आज्ञाकारी ।
यिनी बाबुआमाले भनेका कुरा आमाबा, म हजुरहरूका वचन कदापि उल्लङ्घन गर्दिनँ, कुनै हालतमा पनि गर्दिनँ ।
यिनी सत् व्यक्ति हुन् । यिनमा सबैलाई रिझाउन सक्ने अद्भुत कला थियो । आफूले जतिसुकै दुःख खप्नुपरे तापनि स्वामीका अगाडि सधैँ मुस्कुराउने यिनी पवित्र पतिव्रता र असल नारी थिइन् । यिनी पतिभक्त । यिनी पतिलाई श्रद्धा गर्दछिन् । “महारानीले महाराजको पहिले बायाँ अनि दायाँ पाउलाई भक्तिभावसहित शिर निहु¥याएर ढोग्ने”।
आध्यात्मिक ज्ञानगुणप्रति पनि उनको गहिरो मोह थियो । त्यसैले गर्दा लामो समयसम्म सन्ध्या, गान, भजन गर्नु र धार्मिक प्रवचन सुन्नु यिनको नित्यकर्म । पूर्णिमाका दिन यिनैको करबलमा पशुपतिमा महास्नान र महाबली कर्म वैदिक तान्त्रिक पद्धतिबाट सम्पन्न भएको थियो ।
आपत्–विपत् परेका दीन–दुःखीको करुण पुकार सुन्नु र तिनीहरूको उद्धार गर्नुजस्ता कान्तवतीका क्रियाकलापलाई हेर्दा यिनी परोपकारी र सच्चा हृदय भएकी नारी यिनी कोमल हृदयकी ।
कान्तवती रणबहादुर शाहकी प्राणप्यारी महारानीका रूपमा देखिन्छिन् ।
अचम्म यिनी रणबहादुर शाहकी महारानी भए पनि राज्य सञ्चालनमा यिनको कुनै प्रकारको चासो रहेको देखिँदैन । यिनले गीर्वाणयुद्धलाई जन्म दिन्छिन् । यिनी असल माता । यिनले सानै उमेरमा छोरालाई जेठी महारानीको जिम्मा लगाउनुपर्दा यिनी चिन्तित भएकी लाग्छिन् । यिनलाई टिवी ‘राज्यक्ष्मा’ जस्तो प्राणघातक रोगले च्याप्छ । त्यसैसँग सङ्घर्ष गर्दागर्दै अठार वर्षकै उमेरमा वि.सं. १८५६ कात्तिक ४ गते यिनको देहावसान हुन्छ । कठै नियति ।
रणबहादुर शाह नेपाल राज्यका श्री ५ वडामहाराजाधिराज हुन् । यिनी गीर्वाणयुद्धका पिता तथा कान्तवतीका पति हुन् । यिनमा राज्यको शासनतर्फ कुनै चासो हुँदैन । यिनी विलासी र कामुक स्वभावका देखिन्छन् । राममायालाई लगाएर कान्तवतीलाई आकर्षित गर्न लाग्दछन् ।
कान्तवतीलाई देखेपछि यिनी भन्दछन्, कान्तवती मेरो मुटु, मेरी प्राण, मेरो जीवन । म कान्तवतीविना बाँच्न सक्दिनँ भन्ने सम्मको अवस्थामा पुग्दछन् । त्यसपछि यिनले कान्तवतीका बाबु र भाइलाई दरबारमा झिकाई कन्यादान गराई छाड्दछन् । रूपलावण्यवती राजराजेश्वरी जस्ती पतिव्रता र पुत्रवती सुवर्णप्रभा हुँदाहुँदै पनि कान्तवतीतर्फको आशक्तिबाट यिनको कामुक स्वभावको परिचय हुन्छ ।
कामुक भइकन पनि यिनको कान्तवती प्रति कामुकता शारीरिक वासनामा मात्र सीमित छैन । कान्तवतीलाई यिनी त आत्मा देखि नै प्रेम पनि गर्छन् र त्यसका लागि जस्तोसुकै कदम उठाउन पनि तयार हुन्छन् । यिनी कान्तवतीलाई कति प्रेम गर्थे भन्ने कुरा उनले भनेको “तिमी आत्महत्या गर्न चाहन्छौ भने म पनि रहन्न, आत्महत्या गर्छु” भन्ने भनाइबाट छर्लङ्ग हुन्छ । प्राणप्यारी महारानीको देहावसानपछि यिनी मृत शरीरमा छाँद हाली कङ्कला शब्द गरी रोएका छन् । यिनी कान्तवतीप्रति यति अनुरक्त हुन्छन् कि आफूले इच्छा गरेकीलाई प्राप्त गर्न जस्तोसुकै पनि निर्णय गर्न पछि पर्दैनन् । यही आशक्तिले गर्दा नै राजगद्दीको उत्तराधिकारीका रूपमा सुवर्णप्रभाका छोरालाई नदिई कान्तवतीका छोरालाई राजगद्दीमा बसाएका छन् ।
रणबहादुरले रानीको कुशलमङ्गलको कामना गर्दै विभिन्न देवदेवीको मन्दिर, पीठहरूमा पूजा पुरश्चरणको सङ्कल्प गराएका छन् । यिनले तलेजु भवानीको दर्शन गरी आफ्नी प्राणप्यारीलाई बचाइदिन भगवान्सँग प्रार्थना गरेका छन् । यिनी आफू जीवित छँदै राजकाज छोरालाई सुम्पी आफू निर्गुणानन्द बनेका छन् । यिनी धार्मिक, आध्यात्मिक व्यक्ति हुन् ।
लोग्ने मरेर विधवा बनिसकेकी भए पनि मलाई कान्तवती चाहिएको छ, त्यो कुन जातकी हो र कस्की छोरी हो भन्नेसँग मलाई के मतलब ? कान्तवती सुन्दर फूल हुन्, सुगन्ध हुन्, रूपसी हुन् । त्यसलाई कुन मालीले कसको बगैँचामा रोप्यो त्यससँग मलाई के मतलब ।
कान्तवती बिरामी भएपछि यिनले उचित उपचारको प्रबन्ध गराएका छन् । यिनले भारदारी सभामा “म जातभात, उँचनिचको भन्ने कुरामा विश्वास गर्दिनँ । वेदपुराणमा पनि यो जातभात, छुवाछुत थिएन ।
पछि आएर यी सबै वाहियातका कुराहरू थपिएका हुन् । मान्छेले मान्छेका विरुद्धमा बनाएका नियम हुन् यी अरू केही होइनन् । बाहुनले घटी जात ल्याएर बाहुनको जात नजाने ? उसबाट जायजन्म भएको घटी जात हुने रे ! यो कस्तो ! मेरो समझमा मान्छेको दुई जात लोग्नेमान्छे र स्वास्नीमान्छे हुन्छन्” ।
यिनी विलासी, अन्धकामुक र कर्तव्यविमुख राजा भइकन सरल हृदयका धनी, जातपातको मतलव नराख्ने, समतावादी एवम् सच्चा हृदयले प्रेम गर्ने कुशल प्रेमी । यसैले गिर्वाणले सत्ता प्राप्त गरिरहुन भन्ने उद्देश्यले नै रणबहादुरले महारानी राजराजेश्वरीलाई गिर्वाणको जिम्मा लगाइदिएका थिए । ताकि राज्य गर्न गिर्वाणलाई सुविधा होस् । अकण्टक राज्य गरुन् भन्ने उद्देश्यले । राजराजेश्वरी रणबहादुर शाहकी जेठी रानी हुन् । राजनीति, कूटनीति एवम् प्रशासन आदिमा विशेष दखल भएकी यिनलाई निसन्तान बनाएर विधिले नराम्रो गरी ठगेको थियो । कान्तवतीको छोरालाई जिम्मा लिनु र त्यसलाई आफ्नै सन्तानझैँ माया दिनुले उनको हृदय पनि विशाल रहेछ भन्ने कुराको बोध गर्न सकिन्छ । यिनी भन्दछिन्, “मैले नजन्माएर के भो त ? के महाराजका पुत्र होइनन्, के तिम्रा सन्तान मेरा सन्तान होइनन् ? म नानी महाराजको गद्दीको प्राणप्रणले सुरक्षा र संरक्षण गर्छु” । अझ बाल्यराजा गीर्वाणयुद्धको नायबी भई राज्यसत्ता कुशल रूपमा सम्हाल्नुले प्रशासनिक क्षमता र राष्ट्रप्रेम थियो ।
रणबहादुर शाहले आफ्नी प्रेमिका पत्नीको लागि धेरै काम गरेका थिए त्यो धेरै काम भनेको खाली कान्तवतीलाई विवाह गर्नु वा आशक्त हुनु भोग गर्नु मात्र होइन उनका बाबुआमालाई पनि सहयोग गरेका थिए । उनका पिता थिए नारायणदत्त र आमा थिइन कौशल्यादेवी । कहाँको राजा कहाँका तराईका सामान्य ब्राह्मण त्यसमा पनि विधवा युवा सन्धिमा पुग्न लागेकी÷पुगेकी युवती रणबहादुरको आँखा लाग्यो मन बस्यो पिरती अनि त के चाहियो उनीलाई कान्तवती चाहियो जुनसुकै शर्तमा पनि जे गर्न तयार अनि कान्तवतीलाई विवाह गरे ।
नारायणदत्त कान्तवतीका बाबु हुन् । यिनी जनकपुर निवासी मिश्र ब्राह्मण हुन् । यिनी जनकपुर जिल्लाको सीमा गाउँमा कहलिएका हुनेखाने र पठित मान्छे थिए । यिनी धर्मात्मा र नैष्ठिक पनि थिए । यिनी धार्मिक आध्यात्मिक पात्र हुन् । यिनी पाञ्चायन पूजा नगरी गायत्री र दीक्षा नजपी मुखमा पानी पनि पार्दैनथे । यिनी शिवलिङ्ग र शालिग्रामको विशेष पूजा गर्दथे । हरिहरको चरणामृत नलिई यिनी अरू कुनै वस्तु मुखमा पार्दैनथे । यिनी सामान्य गृहस्थ जीवन चलाएर बसेका थिए । सामान्य पुरेत्याइँ गरेर बसेका यिनी रूढिग्रस्त परम्पराका संवाहक थिए । यिनले विधवा छोरीको सामाजिक संस्कारविरुद्ध विवाह गरिदिए ।
दरबार आएपछि छोरी आफूले मनपराएको भनी बाबुको राय मागेपछि यिनी भन्दछन्, महाराज ! हामी मैथिली ब्राह्मण हौँ । हामी काश्यप गोत्री हौँ । बान्तको शादीबिहे उनी छ वर्षकी हुँदा शाण्डिल्य गोत्रको भोला झासँग भएको हो तर विहेपछि हाम्रो गौना गर्ने प्रथा छ । गौना नहुँदै अर्थात् बिहे समापन वा पूरा नहुँदै भोला झाले चोला फेरे । पछि थाहा लाग्ने कुरा म महाराजको अगाडि कसरी छुपाउन सक्छु । त्यो उचित हैन । बिन्ती गर्छु । म पनि एक नैष्ठिक व्यक्ति हुँ ।
यिनले महाराज रणबहादुर शाहबाट पण्डितको उपाधि, सबैले नारायण दत्त मिश्रजी भनेर सम्बोधन गर्नुपर्ने हुकुमी प्रमाङ्गी पाएका, धनुषा, महोत्तरी र बारामा अठार सय बिगाहा जग्गा बिर्ता पाएका, बस्नका लागि काठमाडौँमा दुईतले पक्की घर पाएका थिए ।
कौशल्यादेवी कान्तवतीकी आमा । यिनी धार्मिक । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न यिनी काठमाडौँ आएकी छन् । यतिबेला यिनले नित्य वाग्मतीमा नुहाउने गरेकी । यिनले भक्तपुर दत्तात्रय मन्दिरको दर्शन पनि गरेकी ।
यिनले छोरीलाई अर्तीउपदेश दिने, सिकाउने असल आमाको भूमिका निभाएकी । बालक छोरीलाई सम्झाउने हेर छोरी ! तिमीले अब जिन्दगीभर बिहे गर्नुहुन्न, परपुरुषको फन्दामा पर्न पनि हुन्न । लोग्नेमान्छेहरू वडाचण्डाल, बैगुनी र राक्षसजस्ता हुन्छन्, स्वास्नीमान्छेको शोषण गर्दछन् । तिमीले बालक छँदा नै बिहे गरिसक्यौ । तिम्रो लोग्नेले तिमीलाई बैगुनी बनेर छाडेर गए, यो संसार पनि छाडेर गए, तिमीलाई यस्तो भुक्तमान भोग्न लगायो” । यिनी छोरीलाई असल संस्कार दिने ।
परपुरुषसँग आँखा लगाउन नहुने, परम्परागत संस्कारमा बालविधवा हुने र विधवाले विवाह गर्न नहुने ।
कान्तवतीको विगत छ वर्षकी हुँदा यिनको विवाह भोलानाथ झासँग हुन्छ । विवाह भएको एक वर्षभित्रै पति मरी यिनी बालविधवा बन्न पुग्छिन् । यिनी दस वर्षकी हुँदा हनहनी ज्वरोले थला पर्छिन् । वैद्यले चिराइतोको रस र घिउकुमारीको गुदी खुवाएर पानीपट्टी निधारमा लगाइदिन्छन् । यिनी बिरामी भएको तीन दिनपछि यिनको रजस्वला हुन्छ । विवाह भइसकेकी छोरी माइतमै रजस्वला भई भनी बाबु दुःख मनाउ गर्दछन् । बाबुको चिन्ता झन् बढ्न थाल्छ, घर पठाउँ छोरी सानी छे, सबैले अलछिना भन्छन्, विवाह भएकी छोरी माइत बस्न पनि भएन ।
यस्तो परम्परागत वैदिक सनातनी हिन्दु ब्राह्मण परिवारकी विधवा युवती विधिको विधान भनौँ रणबहादुर जस्तो काम विलासी लम्पट र उद्दण्ड र शासनमा त्यति रुचि नराख्ने राजासँग विवाह हुनु नियमितता त हुदै होइन आकस्मिकता भनौँ अथवा नियतिको खेल । मिथिलाबाट काठमाडौँ पशुपति दर्शन नआएकी भए के यो विवाह हुन्थ्यो ? असम्भव यही त हो विधिको विधान । गिर्वाण पछि आएका राजाहरु यही मैथिली ब्राह्मणीका सन्तान हुन् । यसरी हेर्दा शाह परिवारको इतिहासको चक्र कसरी कता घुमेको छ भन्ने कुरा अध्ययनीय छ ।



0 comment