- रंजिला दाहाल
पिनास चिसो, धुलो र धुवाँबाट बढी असर गर्ने रोग हो।
यसले नाकको भित्रि भागमा रहेका स-साना ग्रन्थिमा रोकावट गर्दछ र स्वाश प्रस्वाशमा अवरोध गर्दछ । स्वाश प्रस्वाश सहज नहुँदा नाक बन्द हुन्छ। त्यसै कारण आधि टाउको दुख्ने, आँखाको बिचमा दुख्ने, कपाल दुख्ने जस्ता लक्षन देखिन थाल्छ। यसलाई साइनो साइटिस पनि भनिन्छ।
साइनस भनेको मुख, नाक र आँखाको बीच र अगाडीको भागमा रहेका हाडहरुको खालि रहेको वा हावा भरिएको भागहरु हो। यिनै भागद्वारा स-साना प्वालहरु ओस्टियमको माध्यमद्वारा नाकको स्वाश प्रस्वाश नलीसंग जोडिएको हुन्छ। मानिसलाई रुघा लाग्दा सिंगान बग्न थाल्छ। यहाँ पातलो झिल्लीबाट बनेको स्वाश नलीमा भाइरस वा ब्याक्टेरिया बिकसित भई सिंगान भरिँदा वा जम्दा यी भागहरु बन्द हुन्छ र स्वाश प्रस्वाश रोकिन जान्छ। स्वाश प्रस्वाश रोकिँदा उक्त भागमा दुख्न थाल्छ। यसलाई नै पिनास दुखेको भनिन्छ ।
पिनास ४ प्रकारको हुन्छ ।
१ [ निधारमा ] फ्रन्टल साइनस
२ [ दुबैतिर गाला बीच / भित्र ] म्याक्किजलरी साइनस
३ [ दुवै आँखाको बिचमा वा एक आँखा ] इथमोइडल साइनस
४ [ अगाडी टाउको बीच भित्र पट्टि ] स्फेनोइडल साइनस
पिनास दुख्नुको कारण
१ साइनसको भित्रि भागमा स्वाश प्रस्वाश रोकवट हुनु
२ एलर्जी, भाइरस वा ब्याक्टेरियाको संक्रमण हुनु
३ नाक भित्रको हड्डी बाङ्गिनु, मासु पलाउनु
४ धुलो, धुँवा वा एलर्जी गराउने कुनै गन्धसँग समित हुनु
५ चिसो वा बासि खाना, चिसो हावा प्रदुषन हुनु
६ सुख्खा हावा वा रोग प्रतिरोध क्षमताको कमि हुनु
७ चुरोट, तम्बाकु र आगोको धुँवाबाट प्रभावित हुनु वा नाक भित्र तरल पदार्थको कमि हुनु आदि
लक्षण
१ नाक बन्द हुनु
२ निरन्तर सिंगान बग्नु
३ नाकबाट दुर्गन्धित पहेंलो सिंगान बग्नु
४ निरन्तर रुघा लाग्नु, पटक पटक हाच्छिउँ आउनु
५ श्वासमा दुर्गन्ध हुनु
६ शरीरमा पिडा र सिथिलता हुनु
७ स्वर परिवर्तन हुनु, घाँटी खस-खसाउनु
पिनासबाट बच्ने उपाय
१ पिनास हुनुको प्रमुख कारण एलर्जी र भाइरस हुन्। यसबाट बच्न सकेसम्म चिसो, धुलो, धुँवा, ढुसी आदिबाट बच्ने, रुघा लागेको व्यक्तिबाट टाढा रहने।
२ वाफ लिने र तुलसी पानि, बेसार पानि खाने।
३ चिसो बाट बच्ने तातो र न्यानो खाना खाने।
४ नाक, टाउको र अनुहारलाई चिसोबाट बचाउने।
५ तातो झोल, चिल्लो र पिरोरहित सुप प्रशस्त खाने।
६ माछा, दहि, पुरानो अचार, भुटेको, तारेको, चिसो, चिल्लो नखाने।
७ नाक बन्द हुँदा जोडले सिँ सिँ नगर्ने।
घरेलु उपचार
१ पटक-पटक मन तातो पानि खाने।
२ सिंधे नुन हालेर पानि तताउने र पटक -टक नाक सफा गर्ने, गार्गल गर्ने।
३ अदुवा बेसार, तुलसी, धनियाँ, पिपली बराबर मिसाउने र भुटेर पिस्ने र मसला सुपको रुपमा खाने।
४ फलफुल र प्रशस्त हरियो साग पात अङ्कुरित गेडागुडी खाने।
५ हर्बल चिया, ज्वानोको रस, मह, भिटामिन बि १२, भिटामिन सी उपलब्ध फलफुल तथा खाना खाने।
६ तेल तताएर गाला, निधार, नाकको वरिपरी कन्चट, कानको वरिपरी मालिस गर्ने।
७ मुँग, चामल, जौ, लसुन, गहत राखेर उसिनेको खाना हल्का खाने, मनतातो पानीमा मह कागतीको रस मिलाएर खाने।
८ गाईको शुद्ध घ्यु तथा षडबिन्दु तेल दिनको २-३ पटक नाकमा २-३ थोपा हाल्ने।
पिनास, उपचार गरे, होसियार बने साधारण रोग हो। विचार नपुर्याए एक जटिल रोग हो । यसले नाकभित्रको झिल्ली र ग्रन्थिहरुमा मासु पलाउने, हाडभित्र संक्रमण भई ठुलो समस्या निम्त्याउँछ । यसले मस्तिक वरिपरी संक्रमण फ़ैल्याउँछ। नाकको मध्य तथा घाँटीमा टन्सिल हुने र कानमा समेत संक्रमण हुन सक्छ। त्यसैले पिनास हुँदा सचेत बनौँ, स्वस्थ रहौँ। बस्ने बातावरण र खाने कुरामा ध्यान दिऔँ।
0 comment