– शुसिला अधिकारी
काठमाण्डौं – तपाई बाकलो, चम्किलो, बलियो कपालको चाहना राख्नुहुन्छ । यदि तपाई यस्तो चाहना राख्नु हुन्छ भने तपाईले सबै भन्दा पहिला यी कुराहरुको नियम पालना गर्नु आवश्यक पर्दछ । कनकी स्वास्थ्य र सौंन्दर्याबीच घनिष्ट सम्बन्ध रहेको छ । स्वास्थय हुनु नै सौन्दर्यको पहिचान हो । कनकी तपाईको स्वास्थ्यमा केही समस्या परेमा त्यसको रिजल्ट अनुहारमा देखिहाल्छ ।
त्यसैले सौन्दर्य हुनाकालागि सबै भन्दा पहिला भित्री र बाहिरी स्वास्थ्य स्तिति ठिक हुन नित्यान्त आवश्यक पर्दछ । सर्व प्रथम शारीरिक, मानसिक स्वास्थ्य ठिक छ भने यसका लािग विशेष ध्यान हल्काफुल्का गरेमा नै सबै ठिक गर्न सकिन्छ । हैन भने सबभन्दा पहिला आफ्नो खानामा सुधार ल्याउँनुको साथ–साथै सरसफाई, खुल्ला हावामा व्यायम गर्ने, मानसिक तनाव तथा चिन्ताबाट यथा सम्भव मुक्ति पाई शारीरिक स्वास्थताको साथै कपाललाई स्वास्थ, चम्किलो, बलियो राख्न सकिन्छ । यदि कुनै रोगको कारण कपालमा नराम्रो प्रभाव परेको छ भने आवश्यकता अनुसार, ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ ।
कपललाई हेरचाह गर्न यी कुरामा विषेश ध्यान दिनुपर्ने हुन्छ :-
१. पौष्टिक आहाराद्धारा
२. सरसफाईद्धारा
३. मसाजद्धारा
४. व्यायामद्धारा
१. पौष्टिक आहाराद्धारा :- पोषणयुक्त सन्तुलित भोजनबाट सामान्य स्वास्थ्यका साथै कपालको सौन्दर्य बृद्धि गराउँनमा ठुलो मद्त पुग्दछ । त्यसैले तपाईले पोषणयुक्त भोजन प्राप्तिकोलागि प्रोटीन, भिटामिन बी, भिटमिन सी, भिटमिन डी, क्याल्सियम, फोस्फरस र आयोडिन सेवन गर्न सक्नु हुनेछ ।
कडा मरमसला, पिरो, चिल्लो, धेरै गर्मी पेय पदार्थ, चिया, कफी र धेरै गुलियो खानाहरु कम मात्रामा खाने र दुध, दहि, पनिर, मख्खन, खण्डा, गाँजर, काँक्रो, गोलभेडा, मुला, साग, पालुङ्गो र बिभिन्न सागपातहरु बढी मात्रामा खाने गर्नु पर्दछ । त्यस्तै गरी फलफुलहरुमा मेवा, अम्बा, सुन्तला, मौसम, स्याउँ, अङ्गुर तथा मौसम अनुसारको फल प्रशस्त मात्रामा खानाले कपालालई स्वास्थ र बलियो राख्न सकिन्छ ।
जस्ले महङ्गा खानेकुरा किन्नको लागि खर्चले भ्याउँदैन उसले महङ्गा चिज नै खानुपर्छ भन्ने जरुरी छैन । उसले कम खर्चमा पाउँने मौसम अनुसारको सस्तो मौसमी तर पौष्टिक आहारले युक्त सागपातहरु, फलफुलहरु र प्रोटिनयुक्त टुसा उमारिएका गेडागुडीहरु, अमला, बदाम आदि खान सक्नु हुन्छ । भिटामिन, खनिज र लवा यी चिजहरुबाट प्राप्त गर्न सकिन्छ । भिटामिन बि को अतिरिक्त पुर्तिकालागि चोक सहितको गहुँको रोटी, बोक्रा सहितको गेडागुडीहरु खानामा प्रयोग गर्न सकिन्छ । यस्तै तरिकाले खनिज तथा भिटामिनयुक्त आहारको मात्र बढाउँने र काब्रोहाईड्रेट, बाँसो जस्ता धेरै चिल्लो हालेर पकाएको अहार कम खाँदा तपाईको स्वास्थयका साथ–साथै कपाल पनि स्वस्थ भई चम्किलो र बाक्लो हुन जान्छ ।
२. सरसफाईद्धारा :- स्वच्छता सफाईकोलागि आन्तरिक तथा बाहृय दुबै तवरबाट ध्यान दिन जरुरी पर्दछ ।
आन्तरिक स्वच्छता :- स्वच्छ मन, स्वच्छ विचार, मानसिक चिन्ताबाट मुक्त हुनु आवश्यक छ । यदि यी कारणहरुबाट मुक्ति पाउँन सकेन भने निद्रा नलाग्ने, सोचविचारमा डुब्ने, बोल्न मन न लाग्ने हुन्छ । फलस्वरुप शरीर कमजोर हुँदै जान्छ । साथ–साथै खाना खान मन न लाग्ने, अपच हुने, ग्याष्ट्रिक हुने र यसलाई निवारण नगरे पछि गएर ठुलाठुला रोगमा परिणत हुन पनि सक्छ र यसको असर वा ईफेक्ट तपाईको कपालमा विभन्नि समस्याहरु उत्पन्न हुन्छ ।
आन्तरिक स्वच्छता र स्वास्थयकोलागि पानी प्रशस्तै पिउँनु अत्यन्तै आवश्यक पर्दछ । पानीले शरीरमा भएको विकारलाई मलमुत्रको रुपमा फ्याँक्ने, रगत सफा राख्ने, पाचन शक्ति बढाउँने, छाला सुख्खा हुनबाट बचाउँन मद्धत गर्दछ । साथ–साथै थकाई मेटाई शररिमा स्फुर्ति प्राप्त गराउँदछ । जसले गर्दा शरीरको सम्पूर्ण आन्तिरिक प्रक्रिया स्वास्थ हुन्छ । यसले स्वास्थय राम्रो बनाउँन ठुलो मद्धत गर्नुका साथै कपाललाई समेत स्वास्थ बनाउँछ ।
बहृय स्वच्छताद्धारा सफाई :- कपाल स्वास्थ र सफा राख्नकालागि वाहृय स्वच्छता र स्वास्थयमा पनि ध्यान दिनु जरुरी पर्दछ । स्वच्छ कपालको लागि हप्ताको दुईचोटी नहाउँने बानी गर्नु पर्दछ र दिनमा कमसेकम दुईपटक कपाल कोर्नुपर्दछ र राति सुत्नुपूर्व पनि ब्रसले सफा गरेर कोर्नु पर्दछ । यसो गर्नाले दिनभरिको धुलो पनि झर्छ र व्यायाम पनि हुन्छ । कपाल नुहाउँनकालागि रिठा, अमला, शिकाई जस्ता चिजहरु जडिबुटियुक्त स्याम्पुको प्रयोग गर्नु पर्दछ । आजकाल बजारमा स्याम्पुहरु कपालको टेल्सचर अनुसार जस्तो चिल्ला, सुख्खा र समान्य कपालको लािग छुट्टाछुट्टै पाईन्छ ।
जडिबुटीमा शिकाकाई, रिठा, ब्राम्ही, जटामसी, हर्राे आदिको प्रयोग गर्न सकिन्छ भने खाद्यवस्तुमा बेसन, मुसुरो, टुसा निकालिएको मेथी, दहि, मह, दुध, कागती, अमला जस्ता वस्तुको समिश्रण कपाल धुनका लािग उपयोमा ल्याउँन सकिन्छ । जस्तै दहि, वेसन, कागती, रिठा, शिकाकाई, अमला, मेथी दुध जस्ता वस्तुहरुले शिरको छालाको सफाई साथै कपाललाई स्वास्थ बनाउँन मद्धत गर्छ । कपाललाई स्वच्छ र स्वास्थ राख्नकोलागि ब्रस, काईयो अफ्नो चलाउँने सर समान सफासंग वा प्रयोग गर्ने वस्तुहरु अरुलाई चलाउँन नदिने र आर्काको त्यस्तो सामग्री आफुले पनि प्रयोग न गर्ने । कपाल वा कपालको छालालाई बचाउँनकालागि घाममा हिंडदा वा खाना पकाउँदा होस कपाल ढाक्ने चिजले ढाकेर काम गर्न सकेमा सानातिन समस्याहरुबाट मुक्ति पाउँन सकिन्छ ।
३. मसाजद्धारा :- टाउँकाको छाला पनि अनुहारको छालाको एक भाग हो । तेल लगाएर कपाललाई पनि स्वास्थ राख्न सकिन्छ । कपालमा तेल हाली मालिस गर्नाले छालामा रक्त सञ्चार हुनुको साथै कपालको जरालाई पोषण प्राप्त हुन्छ र कपाल स्वस्थ हुन मद्धत पुग्छ । सामान्य कपालकोलागि हप्तामा एकचोटी र सुख्खा कपालकोलािग हप्तामा दुईचोटी मसा गर्दा धेरै नै सुधार आउँछ । नुहाउँनु भन्दा १ घण्टा अगाडि कपालमा तेल हाली नुहाउँनाले कपालमा पुग्न गई कपाल राम्रो र नरम, चम्किलो हुन्छ । मसाज गर्दा कपाललाई सानोसानो पार्टमा पार्टेशन गरी तेल हाल्ने कपाल चेपेर कपालको गरागरामा सबैतिर लगाएर, औलाको टुप्पाले हल्कासंग सबैतिर मसाज गर्ने १५ मिनेट जति र यसको आधा घण्टा पछि स्याम्पु गर्ने गर्नाले कपाल स्वच्छ, सुन्दर र चम्किलो हुन्छ ।
४. व्यायामद्धारा :– कपाल स्वास्थ हुनकालागि शरीरको प्रत्येक अङ्गहरुको जस्तै कपाल वा टाउँकाको व्यायाम गर्न अति नै आवश्यक पर्दछ । व्यायाम गर्नाले रक्त सञ्चार बढ्नुका साथै तैलिय ग्रन्थि सक्रिय हुन गई केसको जराबाट प्राकृतिक तेल निस्कन्छ । फलस्वरुप शिरको छाला तथा कपाल सुख्खा हुनबाट बचाउँछ र स्वच्छ तथा स्वास्थ बनाउँछ । साथै बलियो र चम्किलो बनाउँन मद्धत गर्छ ।
५. स्वास्थय कपालको लािग अपनाउँनुपर्ने केहिकुराहरु :– विहान उठेपछि कपाललाई ब्रस वा ठुलो काईयोद्धारा विस्तारै विस्तारै चलाउने । यसरी कपाल कोर्दा कपालको जरामा भएको तैलीय ग्रन्थि चलेर कपालको टुप्पा सम्म प्राकृतिक तेल पुग्न जान्छ र सन्तुलित भएर रक्त सञ्चारमा पनि मद्धत पुग्दछ र कपाल स्वच्छ र स्वास्थ राख्न मद्धत मिल्छ ।
यी माथि बताएका कुराहरुका नियम पालना गर्न सकेमा तपाईको कपाल स्वच्छ तथा स्वास्थ भई बाक्लो, चम्किलो हुनमा मद्धत मिल्छ ।
0 comment