काठमाडौं—- राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका दुईदेखि तीन हप्ताभित्र इरानबाट बाहिरिने बताएका छन् । 

ट्रम्पले आफुहरुसंग  सम्झौता होस् वा नहोस् यो अवधिमा इरान छोड्ने बताएका हुन् । 

ओभल अफिसबाट बोल्दै ट्रम्पले इरान सम्झौता गर्नका लागि बिन्ती गरिरहेको दाबी समेत गरे ।  तर त्यो हुन्छ वा हुँदैन भन्ने कुरा अमेरिकाको समयतालिकाका लागि महत्त्वपूर्ण छैन भने।

यसअघि इरानका राष्ट्रपति मसूद पेज़ेश्कियानले तेहरानसँग युद्ध अन्त्य गर्ने आवश्यक इच्छा रहेको बताएका थिए।  तर उनले शत्रुहरूले फेरि यस्तो द्वन्द्व नदोहोऱ्याउने सुनिश्चितता गर्नुपर्ने बताए ।

यता चीनका राष्ट्रपति सी चिनफिङले पनि युद्धविरामका लागि प्रयास तीव्र बनाइरहेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ। उता इजरायली रक्षा बलले बेरुतमा गरिएको दुईवटा आक्रमणमा हिज्बुल्लाहका एक कमाण्डर र अर्का एक वरिष्ठ व्यक्तिलाई निशाना बनाएको जनाएको छ।

ट्रम्पले बुधबार राति निर्धारित राष्ट्रिय सम्बोधनमार्फत इरानबारे महत्वपूर्ण जानकारी दिने तयारी गरेका छन्।