काठमाडौं - श्रीलंका सरकारले इन्धन बचत गर्न बुधबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विशेष परिस्थिति आइपरेका कारण बुधबार बिदा दिनुपरेको राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बताएका छन् । अब त्यहाँ हप्तामा तीन दिन सार्वजनिक बिदा हुनेछ ।

शनिबार र आइतबार श्रीलंकामा नियमित रुपमा सार्वजनिक बिदा हुने गरेको छ । यहाँ निजी कारहरुका लगि मासिक १५ लिटर र मोटरसाइकलका लागि ५ लिटरमात्रै तेल किन्न पाइने व्यवस्था गरिएको छ ।

हर्मुजको जलघाँटीमा इरानले अवरोध गरेपछि एशियाली देशहरुमा इन्धनको अभाव देखिएको छ । श्रीलंकामा आयात हुने तेलको कच्चा पदार्थमध्ये ८० प्रतिशत हाराहारी मध्य एशियाली देशहरुबाट हर्मुजको जलघाँटी हुँदै आउँछ । पश्चिम एसियामा देखिएको संकटले धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर गर्ने देखिन्छ ।