काठमाडौं - इराकस्थित अमेरिकी राजदुतावासलाई लक्षित गर्दै ड्रोन र रकेट आक्रमण गरिएको छ।
यसलाई आक्रमण सुरु भएयताकै सबैभन्दा तीव्र हमला भएको बीबीसीले उल्लेख गरेको छ ।
युनाईटेड अरब ईमिरेट्सले इरानबाट सम्भावित मिसाइल र ड्रोन खतरा देखिएपछि बन्द गरेको आफ्नो हवाई क्षेत्र पुनः खुला गरेको बताइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतप्रति असन्तुष्टि व्यक्त गरेका छन्। केयर स्टारमरले इरान सम्बन्धी विस्तारित युद्धमा बेलायत सहभागी नहुने बताएपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
ट्रम्पले अन्य राष्ट्रहरू विशेषगरी नेटोका सहयोगी देशहरूलाई स्ट्रेट अफ हरमुजको सुरक्षा सुनिश्चित गर्न सहयोग गर्न पुनः आग्रह गरेका छन्। उनले विश्वका धेरै नेताहरू यस महत्त्वपूर्ण तेल ढुवानी मार्गको सुरक्षामा सहभागी हुन उत्सुक नदेखिएको भन्दै आश्चर्य समेत व्यक्त गरेका छन्।
नेटोले भने आफ्ना सदस्य राष्ट्रहरूले मेडिटेरेनियन सी क्षेत्रमा थप सुरक्षा व्यवस्था गर्न सहयोग गरिसकेको जनाएको छ।
यसैबीच बेलायत,क्यानाडा,फ्रान्स,जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै लेबनानमा इजरायलले ठूलो स्तरको स्थल आक्रमण गरे त्यसले गम्भीर मानवीय संकट निम्त्याउने चेतावनी दिएका छन्।
यसअघि इजरायल सुरक्षा फोर्सलेले इरानका शहरहरू तेहरान, सिराज र ट्याबरीजमा ठूलो स्तरको आक्रमणको लहर सुरु गरेको जनाएको थियो।


0 comment