काठमाडौं - दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ ।
यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको दुबईका अधिकारीहरूले बताएका छन् ।
विमानस्थल नजिकै लागेको र नियन्त्रणका लागि प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो ।
फेब्रुअरीको अन्तिमतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरू भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा थियो ।
सन् २०२५ मा यहाँ झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए ।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् ।
यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् ।
सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको असर सबैभन्दा बढी परेको बताइएको छ ।
यसैबीच इजरायलको हवाई आक्रमणमा युद्धग्रस्त गाँजामा कम्तीमा १३ जना प्यलेष्टाईनी मारिएका छन्। मृतकमध्ये दुई जना बालक,एक गर्भवती महिला र नौ जना प्रहरी अधिकारी रहेका छन्।
आइतबार भएको आक्रमणले मध्य गाजाको शहरी शरणार्थी शिविरमा रहेको एउटा घरलाई निशाना बनाएको थियो।
आइतबार भएका यी घटनाहरू इजरायल र हमासबीच भएको युद्धविराम प्रयासपछि पनि गाजामा भइरहेको हिंसाका पछिल्ला घटनामध्ये एक हो।


0 comment