सहरियामा बढी देखिन गरेको मुटुरोग सहरीकरणसँगै गाउँभित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकाुरा गाउँपुगेपछि यो समस्या भित्रीएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकाुराको प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँ–गाउँमा देखिन थालेको छन् । 

मुटुरोग विशेषसग्य डा. प्रकाशराज रेग्मी यातायात सञ्जाल पुगेको ठाउँमा तयारी खानेकाुरा, धुम्रपान, मध्यपान जस्ता चिजले जीवनशैली बिगारेको छ बताउनुहुन्छ । उनले भने, चाउँ–चाउँ, कोकाकोला, दालमोठ जस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जिवनशैली विगारेको छ, जस्ले मुटुरोग निम्त्याईरहेको छ । सहरियाहरुले स्वास्थ्यप्रति ध्यान दिन थालेकोले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा यस प्रति कसैको ध्यान छैन । 

स्थानीय तहमा उत्पादन भएका न्यून गुण्स्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायम नगर्ने, धु्रमपानर सुर्तिजन्य पदार्थको सेवनले गर्दा गा्रमीण क्षेत्रका युवामा मुटुरोगको समस्या दिन प्रतिदिन बढ्दै गएको नेपाल हर्ट फाउण्डेशनका पुर्वअध्यक्ष समेत रहेका रेग्मीको भनाई छ । सहरमा नियीमित स्वास्थ्य परीक्षणसंगै  व्यायम गर्ने क्रम बढेको उनी बताउछन् । मुटुरोगको खासै लक्षण नहुने हुँदा नियीमित स्वास्थ्य परीक्षण आवश्यकहुने उनी बताउछन् । 

पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मेहेनत गर्नुपर्ने भए पनि आजभोली गाउँ–गाउँमा ट्र्याक्टर, मोटरसाईकल, गाडीको सुविधा हँुदा शारीरिक परिश्रम घटेको छ, उनले भने, युवावर्ग काम गर्दैनन् विषादि भएका तरकारी फलफुल प्रयोग गर्छन् । ग्रमिण क्षेत्रमा समस्या आईसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिञ्जेल ढिलो भईसकेको हुने बताउँछन् । 

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल ग्रामिण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताउनु हुन्छ । अन्य कारणसंगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उनको भनाई छ । उनले भने, कुनै पनि जोखिम नदेखिएका व्यत्तिमा पनि रिसका कारण हृदयघात भएर मृत्यु हुने गरेको छ, उनले भने, रिसाहा व्यक्तिलाई मुटुको घड्कन, रक्तसञ्चार र कलटिङ टेन्डन्सीमा असर गर्छ । रिसाहा व्यक्तिलाई धेरै समस्या आउने जनाउँदै उनले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । 

सकारात्मक सोच राख्नु मुटुका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हार्माेन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ । चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी भन्नु हुन्छ, प्रत्येक वर्ष विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक रहेको बताउनु हुन्छ । विश्वमा नसर्ने रोगका कारण मृत्यु हुने मध्ये ३२ प्रतिशत मुटु रोगका कारण मृत्यु हुने गर्दछ । मुटरोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयघात हो अन्य मुटुको बाथ, हट फेलर पर्दछन् ।