भ्रष्ट्रचार र सामाजिक सञ्जाल बन्दको विरुद्धमा हिजोदेखि चलेको जेनजीको आन्दोलन अहिलेपनि जारी छ । आन्दोलनमा सरकारी पक्षले चरम दमन गर्दा हिजो मात्रै १९ जना जेनजी पुस्ताले ज्यान गुमाएका थिए । आन्दोलनमा जेनजी पुस्ता मारिएपछि आज आन्दोलन थप आक्रोसित बन्यो । आन्दालनमा राज्यका तिन वटै अगंहरु जेनजीको नियन्त्रणमा पुगे । संसद भवन, सर्वौच्च अदालत, सिंहदरबार सबै जेनजीले आगजनी तोडफोड गरिसकेको अवस्था छ । प्रमुख दलका नेताहरुको घर पनि आगजनी भइसकेका छन । नेताका घर मन्त्रीका घर पालिका वडा कार्यालय सरकारी संरचना सबै जेनजीको निसानामा परिरहेका छन । राजनैतिक दलका सासंदहरुले धमाधम राजीनामा दिइरहेका छन भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीहरुको पनि राजिनामा आइसकेको छ । आन्दोलन अझै मथ्थर भएको छैन । आन्दोलनले उग्र रुप लिइरहेको छ देशैभरीबाट ।

आजको यो परिस्थिती आउनुमा राजनैतिक नेतृत्वको गम्भीर कम्जोरी देखिन्छ । विशेषगरी सत्तामा रहेका राजनैतिक दलहरु सम्बेदनसिल नबन्दा आजको अवस्था आएको कुरामा कुनै दुविधा नै छैन । विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारी शैलीको परिणाम हो भन्नेहरुको जमात पनि ठूलै छ । सामाजिक सञ्जाल बन्द गरेर जेनजी पुस्तालाई आन्दोलनमा आउन बाध्य पार्ने पनि ओली लगायतको सत्तामा रमाउनेहरु हुन भन्दा फरक पर्दैन । विशेषगरी १३ देखि २८ वर्ष उमेर समुहलाई जेनजी पुस्ता भनिएको छ । देशमा मौलाइरहेको भ्रष्ट्रचार बेथितीले आम जनतालाई आक्रोस त बनाइ नै राखेको थियो । सामाजिक सञ्जालसमेत सरकारले बन्द गरी मुलुकलाई ढुङ्गे युगतिर धकेल्न अभ्यासमा ओली केन्द्रित भएपछिको परिणामले अन्तत उनैलाई घुडा टेकाएको छ । आफू भन्दा फरक व्यक्तीलाई यो देशको माया नै छैन र आफू भन्दा फरक मान्छेले यो मुलुकमा केही गर्दैनन भन्ने गलत भाष्य जवरजस्ती स्थापित गर्ने अभियानमा लागेका केपी शर्मा ओलीले प्रधानमन्त्री पद सेर वहादुर देउवालाई किस्तीमा दिएर जान्छु भन्दै थिए । आज जेनजीको रापले पाखा नै लगाइदियो । 
निरकुंसता र अहंमताले शासन व्यवस्था टिकाउन सकिन्न भन्ने सवालमा गहिरो ज्ञान भएका ओलीको बहिर्गमन सुखदायी भएन । १९ जना जेनजी युवाको तातो रगतले ओलीलाई सध्रैभरी पोल्ने अवस्थाको सिर्जना उनी आफैले गरे ।

जेनजीको आन्दोलनलाई देश व्यापी रुपमा समर्थन भएपनि जेनजीको निसानामा नेता मन्त्री पर्न थालेपछि ओलीले भर्खरै पदबाट बाहिर भई राजीनामा दिए । जेनजीको पुस्ता हस्तान्तरणको आसयलाई केपी शर्मा ओली लगायतका नेताहरुले बेवास्ता गर्नु नै आजको दुभाग्र्य बन्यो । केपी शर्मा ओलीले पार्टी भित्र पनि वितन्डा मच्चाए । आफुलाई मननपराउने सबैलाई पाखा लगाए मुलुकमा पनि अस्थिरता निम्ताए । १९ जना होनाहार जेनजी पुस्तालाई प्रहरीको दमनबाट सधैका लागि विदा गरिदिए । यो उनको राजनीतिक जिवनको सबैभन्दा अध्यारो दिन बन्न सक्छ । जेनजीको निसानामा सधै पर्ने अभ्यास उनै केपीले सुरुवात गरे ।

जेनजीको आन्दोलनको मर्म र भावना बुझेर उनले प्रहरीलाई संयममता अपनाउने वातावरण बनाउनुको साटो उल्टै अहंमता देखाएर बल प्रयोग गरे जसका कारण जेनजी पुस्ताको सपनामाथी कुठाराघात भयो । जेनजीको रापले सत्ता बहिर्गमनमा परेका ओलीले आफ्नो राजनैतिक भविश्य कसरी तय गर्लान त्यो त समयले बताउला ।