कर्न माक्र्टमै रहेको एक रेष्टोरांमा खाना खाए पश्चात हामी त्यहाँको मेरियन चर्च अवलोकन गर्न तर्फ लाग्यौं ।
मेरियन चर्च
यो एउटा रोमन क्याथोलिक चर्च रहेछ । काइजर्सलाउटेर्न शहरको सबैभन्दा अग्लो भवनको रुपमा यो चर्च ठडिएको रहेछ । टावर सहित यो चर्चको उचाई ९३ मिटर छ भन्दा रहेछन् । सन १८८० तिरनै यो शहरमा १० हजार क्याथोलिक धर्मावलक्वी रहेको बताइदो रहेछ । यो चर्च सन १८८७ र १८९२ वीच अवधीमा गोथिक शैलीमा निर्माण भएको रहेछ । त्यतिखेरनै यसको लागत ४ लाख ३० हजार जर्मन मार्क परेको बताइदो रहेछ । चर्चको सबैजसो निर्माणकार्य स्थानीय कालिगढबाटै भएको र चर्च झ्यालहरु रंगिन कलात्मक सिसा (स्टेनग्लास) का रहेछन् जसको डिजाइन पेरिशका फ्रेन्च पादरी लोरेन्च्जले गरेका रहेछन् ।
सेप्टेम्वर ८ १८९२ मा वास्तुपूजा गरी स्पायरका विशप जोशेफ गेओर्गले यो चर्चको उदघाटन गरेका रहेछन् । यो चर्चको टावर त्यसबेला जर्मनीको फाल्च्ज समतल भूमीको सबैभन्दा अग्लोमा पर्दो रहेछ । सेन्ट मेरी स्क्वायरमा ठडिएको यो चर्चको मुख्य ढोकाको मास्तिर पट्टि मुर्तिकार जे स्टोल्च्जले बनाएको भर्जिनको मूर्तिले सिंगारिएको रहेछ । चर्च भित्री भागको लम्वाई झण्डै ४१ मिटरको रहेछ । प्रार्थना कक्ष (हल)को अन्त्यसम्म पुग्ने तीनवटा हिडने बाटो (आइसल्स) र १२ मिटर उचाई भएको हललाई गोलाकार स्तम्भले (पिलर) ले थेगेको रहेछ । भजन कक्ष (क्वायर) पश्चिमतर्फ फर्केको रहेछ यसैकक्षको घुमाउरो दलिन (आर्क) मा स्थानीय समुदायले उपहारस्वरुप दिएको ट्रिम्फाल क्रस झुण्डाइएको रहेछ । यहीबाट चर्चको माथिल्लो तला र टावरको टुप्पा (टर्रेट) मा जाने घुमाउरो भ¥याङ बनाइएको र यही भ¥याङ चढी टर्रेट मुनी रहेको मानव संचालित घण्टा बजाइदो रहेछ ।
चर्चको मुख्य पवित्रस्थल (स्याग्चुरी) मुनी चर्च बाहिरवाट मात्रै प्रवेश गर्न मिल्ने गरी चौडा स्थल छाडिएको रहेछ । अनि त्यसको देव्रे पट्टिबाट चर्चको गजुर चुलिएको रहेछ । चर्चको मुख्य प्रार्थनाकक्षको मंच (आल्टर) दुई छेवमा बनाइएको रहेछ । पहिलो आल्टरको निर्माण सन १८९५ र दोश्रोको सन १९०६ मा गरिएको रहेछ । चर्चभित्र नवगोथिक कालका सामग्रीहरु आंशिकरुपमा संग्रह गरिएको रहेछ जुन त्यहाँका स्थानीय समुदायले किनेर चर्चलाई संरक्षण गरिदिनु भनी उपहारस्वरुप दिएका रहेछन् । यस चर्चभित्र अर्को अवलोकन गर्न लायकको वस्तु भनेको म्याथिउ सिष्टका प्यानेल पेन्टिंगहरु रहेछन । यिनै कलाकारले बनाएकोे मेरीको मुर्ति देव्रे पट्टिको ठूलो खोपामा राखेको रहेछ । चर्च भित्रको संगित यन्त्र (अर्गान) क्लाइस सन १९०५ मा नै जडान गरिएको रहेछ ।
प्रथम विश्वयुद्ध ताका सन १९१८ को मार्च १७ मा खसालिएको बम आक्रमणबाट चर्चको दक्षिणभागका झ्यालहरु ध्वस्त भएको बताइदो रहेछ जुनपछि जिर्णोद्धार गरी दुरुस्त बनाइएको रहेछ । त्यसै गरी दितिय विश्वयुद्ध ताका सन १९४४ को सेप्टेम्वरमा भएको बम आक्रमणको कारण चर्चका कलात्मक सिसाका झ्यालहरु क्षतिग्रस्त भएको तर चर्च भने बचेको बताइदो रहेछ । चर्चभित्र प्रवेश गरी सबै चिजहरु अवलोकन गर्दा डेढ घण्टा बितेको पत्तै भएन । तत्पश्चात हामी बुण्डेस लिग फुटवल म्याच हेर्न त्यहाँको रंगेशाला तर्फ लाग्यौ ।





0 comment