काठमाडौं - पश्चिम बंगालको राजधानी कोलकाताको ल (कानुन) कलेजमा एक छात्रामाथि भएको बलात्कारले शैक्षिक संस्थाहरूमा सुरक्षाबारे नयाँ बहस सुरु गरेको छ ।
यो घटना बाहिर आएसँगै राज्य सरकार विपक्षीको निशानामा परेको छ ।
यसैबीच भाजपाले चार सदस्यीय सत्यतथ्य पत्ता लगाउनका लागि टोली गठन गरेको छ । जसमा सत्यपाल सिंह, मीनाक्षी लेखी, विप्लवकुमार देव र मननकुमार मिश्रा रहेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।
यो टोली सोमबार बिहान दिल्लीबाट कोलकाताका लागि प्रस्थान गरेको छ ।
घटनापछि आरोपितहरू सत्तारूढ तृणमूल कांग्रेससँग सम्बन्धित रहेको आरोप लगाइएको थियो । जुन अब स्पष्ट भएको छ कि तिनीहरू तृणमूल कांग्रेस छात्र परिषद्सँग जोडिएका थिए ।
यस घटनामा प्रहरीले दुई वर्तमान विद्यार्थी, एक पूर्वविद्यार्थी र कलेजका एक सुरक्षागार्डलाई नियन्त्रणमा लिएको छ । यहाँको प्रहरीले बलात्कार घटनाको अनुसन्धान भइरहेको पनि जनाएको छ ।



0 comment