काठमाडौं - राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहानै इजरायल र इरानबीचको युद्धविराम अब लागू भइसकेको घोषणा गरेका छन्।

इरानी र इजरायली सञ्चारमाध्यमहरूले यसअघि नै युद्धविराम सुरु भएको बताएका थिए ।

इजरायलले मंगलबार बिहान इरानबाट धेरै वटा मिसाइल प्रक्षेपण भएको पुष्टि गरेको छ । जसमा एक मिसाइल दक्षिण इजरायलको आवासीय भवनमा खसेको बताइएको छ। अर्कोतर्फ इरानी अधिकारीहरूले इजरायलले राजधानी तेहरानमा रातभर आक्रमण गरेको र उत्तरतर्फको एक शहरमा गरिएको हमलामा कम्तीमा ९ जनाको मृत्यु भएको बताएका छन्।

स्रोतहरूका अनुसार कतारले इरानसँग वार्ता गराएर युद्धविराममा सहमति गराउन सहयोग पुर्‍याएको हो।

एकजना वरिष्ठ ह्वाइट हाउसका अधिकारीले इजरायलले युद्धविराममा सहमति जनाउनुअघि इरानले आफ्नो देशमाथिका आक्रमण रोक्ने शर्त राखेको थियो । इरानले ती शर्तहरू स्वीकार गरेको छ ।

इजरायलको रक्षा मन्त्रीले भने इरानलाई युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।