भिजिट भिषामा मानव तस्कर गरेको आरोपमा गहमन्त्री मुछिएपछि अहिले संसदमा सत्ता पक्ष र प्रतिपक्षको दोहोरी चलिरहेको छ । सरकारले भिजिट भिषा प्रकरणमा छानविन गर्नका लागि बनाएको समितिप्रति नै आसंका उब्जीएको रास्वपा लगायतका प्रतिपक्ष दलको भनाइ छ । हरेक संसद बैठकमा प्रतिपक्षको हो हल्ला चलिरहेको छ । हो हल्ला भएपनि सत्ता पक्षले ले बैठक पेलेरै भए पनि चलाउने अभ्यास गरिरहेको छ । सत्ता पक्ष र प्रतिपक्ष दुबैको अडान जे भए पनि संसद भनेको जनताको समस्या बोल्ने देशको नीति कानुनको वहस गर्ने थलो हो तर अहिलेको राजनीतिले संसद भनेको एक अर्कोको कटाक्ष गर्ने थलो बनिरहेको छ । यसलाई हेर्दा नेपालमा संसदीय प्रणाली नै फेल खाने अवस्थामा त पुगेको छैन भन्ने आसंका पनि छ । अध्यागमनको प्रमुख बनाएर तीर्थराज भट्टराई पठाई मानव तस्करको सेटिङ गरको आरोप गृहमन्त्रीलाई छ । प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन । आफूले भनेको माग पूरा नहँदासम्म संसदमा हो हल्ला मच्चाउने अभ्यास सिकाउने पूराना दल नै हुन । संसदीय मर्यादालाई बेवास्ता गर्ने पद्दतीको थालनी पूराना दलहरुबाट नै भएको हो । यसकारण नयाँलाई हो हल्ला गर्न झन सहज भइरहेको छ । प्रमख सवाल भनेको गृहमन्त्रालय अन्तर्गतको सचिवालय कसको अन्डरमा हुन्छ ? र उसलाई काम गर्न कसले आदेश गर्नुपर्छ ? यो कुरा चाही समान्यतया सबैले बुझेकै हुन्छन । गृहमन्त्रीको रेखदेख नभई गृहमन्त्रीको विना कुनै आदेश सचिवालयले कसरी काम गर्न सक्छ ? त्यसकारण मानव लस्करमा सेटिङ मिलाएर लाखौ रकम भिजिट भिसामा जानेहरुबाट असुलेको कुरालाई आरोप लागेपछि नैतिकता विर्सनु अर्को भूल हो । महत्वपूर्ण जिम्मेवारीमा रहेपछि कुनैपनि आरोपमा नैतिकता विर्सन पनि हुदैन । राजनीतिक सिद्धान्त दर्शनले पनि नैतिकतालाई सिरोधार नै गरेको हुन्छ । अहिलेका गृहमन्त्रीमाथी पनि नैतिकताको कुरालाई लिएर सामाजिक सञ्जालदेखि सन्चारजगतमा पनि एककिसिमको तरङ्ग ल्याएको छ । हाम्रो देशका मन्त्री सांसद तस्करमा मुछिनु भ्रष्टचारमा मुछिनु गुन्डागर्दीमा मुछिनु अवैधानिक खेलोफडकोमा लाग्नु कुनै नौलो र अचम्मको विषय हिजो पनि थिएन र आज पनि छैन ।
नेपालका दलहरुले आफ्नै पाटीभित्र एक प्रकारले सिन्डीकेटको अभ्यास गरिरहेका छन । आफू भए सबै ठिक आफू नभए सबै बेठिक । दलहरुमा पनि केही सिमित व्यक्तीहरुको जोडबलले मात्र दल जिवित भएको देखाउने अभ्यास दलहरुभित्रै जिवित छ । दलका नेताहरुले पदमा रहदा वा नरहदा जुनसुकै अवस्थामा रहदा पनि कुनै पनि किसिमको गल्ती गरेका घुसखोरी भएमा भ्रष्टचारी बनेमा ज्यानमार्ने उद्योगमा लागेमा उसलाई कानुनको कठाघरामा उभ्याउनु भन्दा पनि जोगाउन र संरक्षण गर्नमै व्यस्त हुन्छन । सार्वजनिक पदमा रहेर राज्यको दोहन गर्नेहरुलाई दलगत संरक्षण गर्ने सबै भन्दा अलोकतान्त्रिक अभ्यास नेपाली राजनैतिक दलभित्र हुनु निकै असोभनीय र गैरजिम्मेवारपूर्ण कार्य हो । यही अलोतान्त्रिक व्यवहार र कार्यले गर्दा आज राजनीतिक फोहोरको डिंगुर झै डुङडुङ गनाइरहेको छ । नैतिकता सदाचार भन्ने विषयलाई दलहरुले भुलेका कारण अनियमितता संरक्षणको थलो राजनीतक दल बनेको प्रष्ट छ । आफू भन्दा फरक विचार राख्ने दलका नेतामाथी नैतिकता खोज्नेहरुले आफ्नै चरित्रमा थाही कति नैतिकता झल्काउने कार्य के गरे ? भन्ने कुरालाई भुल्नु लोकतन्त्र विरोधी मानिन्छ । लोकतान्त्रिक अभ्यासभित्र शासन गर्ने दलहरुको नैतिकता पनि एउटा सुन्दर पक्ष हो जसलाई कहिलै विर्सन हुन्न । आफै सस्कारी भइएन भने अरुलाई सस्कार सिकाउन सकिन्न । आफै निरकुसंी भइयो भने अरुको व्यवहारमा निरकुंस देखेर हुदैन । आफै अलोकतान्त्रिक बनियो भने अरुलाई लोकतन्त्रका सिद्धान्त सम्झाएर हुदैन । आफै अरुको विचार अरुको भावना समेटन सुन्न सकिन्न र आफू विरुद्धको गलत पक्षलाई अरुले औल्याउदा त्यसलाई सुन्न सकिन्न भने त्यसलाई जनमुखी अवा जनतको नेता भन्न सकिन्न । किन भने राम्रो चाही आफैभित्रबाट सुरुवात गर्ने हिम्मत हुनुपर्दछ । भिजिट भिसामा मानव तस्करको आरोप लागेका गृहमन्त्रीको पाटीका प्रभावसाली नेता भावी पार्टीको नेतृत्व तहमा पुग्ने र आम युवा वर्गले रुचाएका नेता मानिएका नेताले पनि विगतका घटना परिघटनालाई हेर्दा नैतिकताको विषयमा सबैभन्दा धेरै प्रश्न अरुमाथी उठाएका दृष्यहरु ताजै छन तर तिनै नेता आफ्नै पाटीका नेता मानव तस्करमा ओरोपित हुँदा नैतिकताको विषयमा किन मौन भन्नेहरु पनि धेरै छन ।
हावा नचलि पात हल्लीन भन्नेहरुको मत पनि धेरै छन । जे होस आफ्ना विरुद्धमा आरोपमा प्रश्न उठिसकेपछि गहृमन्त्रीले पदबाट हटेर छानविनमा सघाउन मद्दत गर्नुपर्दछ भन्नेहरु त्यही पार्टीमा भएका हुनाले नैतिकताको संकट गृहमन्त्रीमा देखिन्छ । पाटी कति जनमुखी छ कति सवालमा सत्य छ भन्ने कुरा उभित्रको गतिविधिहरुले देखाइरहेका हुन्छन । ज्यानमार्ने जस्तो जघन्य अपराधमा संलग्न भएर अदालतले पुष्टि गरी जेल सजाए भोगिरहेकाहरुलाई त जेलबाट निकाल्छु भन्दै सार्वजनिक गर्नेहरुबाट नैतिकता र सदाचारको अपेक्षा गर्नु भीरमा घर बनाउनु जस्तै हो । गृहमन्त्रीको मानव तस्करको आरोपले सामाजिक सन्जाल तताइरहेको बेला प्रधानमन्त्री आफै सत्तामा छन सडकमा पनि आफै कुदिरहेका छन । सत्तामा भएको दलले नै सडकमा शक्ती पर्दशनका नाममा जनतालाई हसाइरहेका छन । जसले विरोध गर्छ उसैका विरुद्ध उत्तेजक भाषण गर्दे सडकबाट हुँकांर पिटिरहेका छन । सत्तामा हुने पनि उस्तै सत्ता बाहिर हुने पनि उस्तै । सडकमा हुनेहरु सत्तासीनलाई आरोप लगाउने ऊ माथी नैतिकता देखाउने प्रश्न गर्ने काम भइरहेको छ भने सत्तामा हुनेहरु पनि प्रतिपक्षमा भएका दलहरुमाथी नैतिकताका प्रश्न गरिरहेका हुन्छन एक अर्कोलाई कटाक्ष गर्ने दलहरुको विशेषता नै बनेको छ । कसै न कसैबाट कोही न कोहीले गाली नखाएको गाली नगरेको नेपाली राजनीतिमा नेताको दिन नै हुँदैन । जनतासँग विकास र समृद्धिका दुर दृष्टीहरु सुनाउने नैतिक नेताका भिजनहरु जनतामाझ पस्कीने भन्दा पनि एक अर्कोलाई गाली गलोज गर्ने नेताहरुको अनिवार्य बानी बनिरहेको छ । त्यही भएर पनि युवा पुस्ता राजनीतिबाट टाढिन खोजीरहेको छ । दलभित्रै भएका भिजनरी युवाहरुले अवसर नपाएका दृष्यहरु जिवित छन । त्यही भएर पनि युवाहरुको राजनीतिमा आकर्षण खस्कदो छ । दलभित्र यस्तो सिस्टमको अभ्यास गर्नुपर्दछ की कुनै भ्रष्ट पात्रलाई कठोर नीति लिने राजनीतिक सरंक्षण नगर्ने गल्ती गर्नेलाई कानुनको कठाघरामा उभ्याउने सजाए दिलाएरै छोडने र दलबाट राज्यको तहमा पुगेर सार्वजनिक जीवनमा रहेकाहरुमाथी कुनै पनि किसिमको आरोप लागेमा पद तत्काल छोडेर जनतासँग माफी माग्ने यदी दोषी नदेखिए फेरी पदमा रहने दोषी देखिए कारवाही भोग्नु पर्ने अभ्यास राजनैतिक दलबाट अभ्यास थाल्नु पर्दछ ।
उच्च नैतिक चरित्रलाई राजनैतिक दलहरुले दलभित्रै अभ्यास नगरेसम्म यस्ता प्रश्न सधै जन्मीरहन्छन त्यसकारण आफै चरित्रवान बन्ने प्रयास दलभित्रै हुनु जरुरी छ । राजनैतिक दलको पाठ्यक्रममा नैतिक चरित्रको विषय समावेस भई कायान्वयनमा गएको अवस्था भयो भने मात्रै राजनीति युवाको भरोसा बन्न सक्छ । युवाले भरोसा गरेको राजनीतिमा विकास र समृद्धिको दम उत्तिकै दरिलो हुन्छ । अनुभवी र नयाँ सोचको अन्तरघुलनको राजनीतिले मात्रै देशलाई विकास र समृद्धिको मार्ग दौडाउन सक्छ । युवालाई निषेध गर्ने राजनीतिभि नैतिकता मर्छ मारिन्छ । जसका कारण आम रुपमा नै पश्नहरु उठने गर्छन । कहिलेकाही पात्रको गलत अभ्यासले पूरै सिस्टमलाई नै गलत मार्गमा हिडाउछ भने आन्तरिक लोकतन्त्रलाई ध्वस्त बनाउछ । यसतर्फ राजनैतिक दलहरु बेलैमा ध्यान दिनु पर्दछ । निजामति सेवामा यदि कुनै पनि मन्त्रीको आडमा वा उच्च पहँुचको आडमा पदको दुरुपयोग गरी मानव तस्कर गर्ने ज्यान मार्ने उद्योग गर्ने मुलुकको दोहन गर्ने अभियानमा कर्मचारी लाग्छ भने त्यस्तो कर्मचारीलाई तत्काल सेवाबाट वरखास्त गर्ने सिस्टम हुनुपर्दछ ।


.jpg)
0 comment