काठमाडौं - बेलायती विदेश मन्त्रालयले इरानमा रहेको आफ्ना दूतावासबाट कर्मचारीहरूलाई फिर्ता गर्न सावधानीका उपायहरू अपनाइरहेको बताएको छ ।

यो कदम इजरायल र इरान बीच गोली हानाहान जारी रहँदा अघि बढाइएको हो ।  आज दिउँसो पनि इजरायलमाथि इरानले मिसाइल  प्रहार गरेको जनाएको छ।

यसअघि इजरायली सेनाले तेहरानमा रहेको क्षेप्यास्त्र निर्माण केन्द्र लगायत दर्जनौँ लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको थियो।

यसै बीच बेलायत, फ्रान्स र जर्मनीका विदेश मन्त्रीहरूले आज जेनेभामा इरानी समकक्षीसँग भेटघाट गरिरहेका छन् । यो भेटघाटको उद्देश्य इजरायल–इरान संघर्षलाई कम गर्ने प्रयासको  रुपमा हेरिएको छ ।

यसबीच  डोनाल्ड ट्रम्पले अमेरिका स्वयंले  इजरायल इरान युद्धमा प्रत्यक्ष रूपमा संलग्न हुने कि नहुने भन्ने निर्णय आगामी दुई हप्ताभित्र लिने  ह्वाईट हाउसले बताएपछि बेलायत, फ्रान्स र जर्मनीका विदेश मन्त्रीहरूले आज जेनेभामा इरानी समकक्षीसँग भेटघाटलाई अघि बढाएका हुन् ।