काठमाडौं - अहमदाबादमा आज दिउँसो एयर इन्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान दुर्घटना भएको छ। सो विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए। तीमध्ये ५२ जना बेलायती र ६ जना पोर्चुगाली नागरिक रहेको जानकारी प्राप्त भएको छ।

एयर इन्डियाको फ्लाइट नम्बर AI-171 ले दिउँसो १:३८ बजे उडान भरेको थियो। तर, उडानपछि केवल दुई मिनेटमै, अर्थात् १:४० बजे सो विमान दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारीअनुसार, विमान एयरपोर्टको पर्खाल र एयर कस्टम कार्गो कार्यालयको छेउमा खसेको थियो। विमान खसेसँगै वरिपरि बाक्लो धुवाँको मुस्लो देखिएको बताइएको छ।

अहिले उद्धार कार्य तीव्र रूपमा भइरहेको छ र घटनाको थप विवरण आउन बाँकी छ।