काठमाडौं - सर्लाहीमा हाइटेन्सन पोलको टुप्पोमा चढेकी एक किशोरीको प्रहरीले उद्धारको प्रयास गरिरहेको छ।
कविलासी नगरपालिका २ घर भएकी किशोरी बिहीबार दिउँसो साढे ४ बजेतिरै हाइटेन्सन पोलको टुप्पोमा पुगेर बसिरहेकी छन्।
विजुलीको पोलको टुप्पोमा गएर बसिरहेकी उनको विद्युत् प्रवाह बन्द गरेर उद्धारको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए।
तलबाट अभिभावक र सुरक्षाकर्मीले बोलाउँदा पनि ती किशोरी तल झर्न मानेकी छैनन् । उनको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।किशोरी विजुलीको पोलमा चण्डै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। यसअघि पनि यस्तै प्रकृतिको घटना भइसकेको छ । तसर्थ पटकपटक घटना दोहोरिन थालेको हुँदा तत्काल सुरक्षा सजकता अपनाउनु पर्ने देखिएको छ ।


0 comment