काठमाडौं - काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ३५-४० वर्षको जस्तो देखिने ती व्यक्तिको परिचय खुलेको छैन ।  शव आज बिहान पानीमाथि तैरिरहेको अवस्थामा फेला परेको हो । 

घटना गएराति ९ बजेको आसपासमा भएको अनुमान गरिएको छ । शवलाई पोष्टमार्टमका निम्ति टिचिङ अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।