काठमाडौं - लस एन्जलसको मेयर करेन बासले आप्रवासन कारबाहीविरुद्ध भएको प्रदर्शनका क्रममा लुटपाट र हिंसाका कारण सहरको केही क्षेत्रमा कर्फ्यु लगाउने घोषणा गरेकी छिन्।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले टेलिभिजनमार्फत सम्बोधन गर्दै लस एन्जलसको अवस्थालाई उक्साएको भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्।
कर्फ्यु सुरु भए पनि धेरै मानिसहरू डाउनटाउन क्षेत्रमा नै देखिएका थिए । केही अनायास नै आएका थिए भने केही त केहीले कर्फ्यु उल्लंघन गर्दै सडकमा आएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनलाई शान्ति र सार्वजनिक व्यवस्थामाथिको आक्रमण भन्दै टिप्पणी गरेका छन् । उनले सहरमा थप सैनिक परिचालन गर्ने निर्णयमा अडिग रहने समेत बताएका छन्।
हाल करिब २ हजार १ सय क्यालिफोर्निया नेशनल गार्डका सदस्यहरू लस एन्जलस क्षेत्रमा तैनाथ छन् । थप ७ सय मरीन सैनिकहरू पनि त्यहाँ पठाइएका छन्।



0 comment