बोपार्डको ऐतिहासिक शहर र लोरेलेई अवलोकन गरी घर फर्कने क्रममा हामी कोब्लेन्च्जको ऐतिहासिक शहर घुम्ने उद्देश्य लिई हामी त्यता तिर लाग्यौ । बोपार्ड शहरको २० किलोमिटरको दुरीमा रहेको कोब्लेन्च्ज शहर पुग्न हामीलाई कारमा आधाघण्टा पनि लागेन । राइन र मोसेल नदिको दोभानमा अवस्थित यस शहर रोमन साम्राज्यको कालमा इशापूर्व ८ तिरनै सैनिक पोष्टको रुपमा स्थापित रहेछ ।  हामी त्यस शहरमा सन १९८९ मा पुग्दा यस शहरले आफनो स्थापना भएको १९९७ वर्ष मनाइ रहेको रहेछ । यस शहरलाई जर्मन कोण (German Cornor)पनि भनिदो रहेछ । यहा अवलोकन गर्ने भनेको स्थानहरुमा आर्कविशपको दरवार, एहरेनव्राइट स्टाइनको किल्ला, सेन्ट कास्टोरको चर्च,स्टोल्च्जेनफेल्सको किल्ला सहितको दरवार (Castle)  शहरको सडकमा वीचमा रहेको पाओलिनाको मूर्ति आदि रहेछ । हामीले हरु दर्शनियस्थलहरुलाई वाहिरबाट शशर्ति अवलोकन गर्यौ र हाम्रो धेरै समय करिव दुइ घण्टा एहरेनव्राइट स्टाइनको किल्ला अवलोकन गर्नमानै बितायौ । 


एहरेनव्राइट स्टाइनको किल्ला राइन र मोसेल नदि दोभानको पूर्वि किनारको डाडामा रहेको यो किल्ला ज्यादै रमणिय रहेछ । त्यहाबाट कोब्लेन्च्ज शहरको दृश्य ज्यादै मनमोहक देखिदो रहेछ । जर्मनीको प्रसिया बंशले एकिकरण अघि वनाएको यस किल्लालाई फ्रेन्चहरुले सन १८०१ तिर ध्वस्त बनाएका रहेछन् । क्षेत्रिय सुरक्षा प्रणालीको मेरुदण्ड रहेको यो किल्लाले सन १८१७ देखि  १८२८ सम्म मध्य राइन क्षेत्रको सुरक्षामा ठूलो योगदान पुराएको रहेछ । विश्व सम्पदा सूचीमा रहेको यस किल्ला कोब्लेन्च्ज आउने पर्यटकहरुको लागि मुख्य आकर्षण स्थल वनेको रहेछ । यस किल्ला जुन डाडामा वसेको छ त्यस्को उत्पत्ती इशा भन्दा ४० लाख वर्ष अघि भएको भन्दा रहेछन् । त्यही डाडामा इशा पूर्व दशौ शताब्दी तिरनै किल्लाको निर्माण भएको र पाचौं  देखि तेश्रो शताब्दि इशापूर्वमा रोमनहरुले आफनो नियन्त्रणमा लिएपछि वरिपरिका पर्खाललाई जब्बर वनाउने कार्य गरेका रहेछन् । किल्ला सहितको दरवार वनाउन एक हजार एहरेनव्रेटहरु लागि परी निर्माण गरेको कारण किल्लाको नामनै बुर्ग एहरेनव्राइटस्टाइन रहन गएको रहेछ ।  

पछि कारोलिञ्ज्यान वंशको शाशन ताका नवांै शताब्दिमा किल्लाको वरिपरि विस्तार विस्तार वस्ती वस्न वढन गएको रहेछ । पछि सन ११५२(६९ मा गएर यहा अर्को हेल्फेनस्टाइन नामक दरवार पनि वन्न गएको रहेछ । ट्रिअरको इलेक्ट्रोरेटको सम्पत्तीमा दर्ज भएको यो किल्लाको वारेको लिखत सन ११३९ पछि मात्रै जनसमक्ष आएको रहेछ । पछि १६औं शताब्दि तिर यस किल्लामा वन्दुकको लागि आवश्यक पडकने धुलो (Gun Powder) र तोपहरु उत्पादन हुन थालेको रहेछ । यसमध्ये सबैभन्दा ठूलो भनेको ९ टनको तोप रहेछ । यस किल्ला रहेको डाडाको मुन्तिर सन १६२५(२९ वीचका वर्षहरुमा फिलिपबुर्ग दरवार निर्माण गरिएको रहेछ । सन १६३२ मा यो किल्ला र यहाका दरवारहरु फ्रान्सको नियन्त्रणमा गएछ र ५ वर्ष पनि नपुग्दै सन १६३७ मा ३० वर्षे धार्मिक युध्द चल्दाचल्दै यस किल्ला रोमन साम्राज्यको अधिनमा पुगेछ । सन १६५७ मा शुरु भएको जर्मन फ्रान्स युध्द ताका यहाको आर्कविशपले राइन नदिको त्यो भाग जर्मन र फ्रेन्च सैनिकको लागि प्रवेश निषेध गरिदिएका रहेछन् । सन १६८८ मा फ्रेन्चहरुले आक्रमण गरी यस किल्लालाई आफनो अधिनमा लिन कोशिस गरेका रहेछन जुन असफल हुन पुगेको रहेछ । यस्तै आक्रमणबाट किल्लालाई सुरक्षित गर्न सन १७३० किल्ला वरीपरी तेश्रो पर्खालको घेरा (Third Ring)  निर्माण गरिएको रहेछ । यस्तो हुंदाहुदै पनि सन १७९४ मा फ्रेन्च सैनिकले कोब्लेन्च्जलाई आफनो नियन्त्रण लिएको र यो किल्लामाथि कब्जा जमाउन खोज्दा ३ पटकसम्म असफल भएपछि किल्लालाई चारैतिरबाट घेरी रसदपानी समेत वन्द गरिदिए पछि केही नलागी किल्ला भित्र रहेका सैनिकले फ्रेन्च सैनिक समक्ष सन १७९९ मा आत्मसमपर्ण गरेका रहेछन् । पछि सन १८१५ मा भएको भियना कंग्रेसले कोब्लेन्चजलाई तत्कालिन प्रसियन साम्राज्यको जिम्मा लगाएको रहेछ । प्रसियन सैनिकहरुले आत्मसुरक्षाको लागि यो किल्ला सुदृढिकरण गर्ने कार्य गरेका रहेछन् र यहा १२०० सैनिक तैनाथ गरिएको रहेछ । यसप्रकार यो यूरोपकै सबैभन्दा ठूलो सैनिक किल्ला वन्न पुगेको रहेछ । यस किल्लालाई लाई अझ मजवुत गराउने कार्य सन १८२८ मा र १८८६ गरिएको रहेछ । पछि प्रथम विश्वयुध्द र दोश्रो विश्व युध्दताका पहिले अमेरिकन सैनिक र पछि पुन फ्रेन्च सैनिकले यस किल्लामा अआफनो आधिपत्य कायम गरेका रहेछन र यहा पुरातात्विक र सास्कृतिक महत्वको वस्तुको भण्डारण गरिएको रहेछ र युध्द पश्चात केही वर्ष यस किल्लामा घरवार विहिनहरुको लागि आवास सुविधा उपलब्ध गराइएको रहेछ र १९५६ देखि यस किल्लालाई म्यूजियम र युद्धमा शहादत भएका सैनिकको मेमोरियलको रुपमा विकाश गरिएको रहेछ ।