काठमाडौ - उत्तरपश्चिमी टर्कीको स्की रिसोर्टमा आगलागीमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । मंगलबार बिहान सबेरै भएको आगलागीमा ५१ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।
आगलागी हुँदा रिसोटभित्र २३४ जना पाहुना बसिरहेका थिए। आगलागीको कारण खुल्न सकेको छैन ।घटनाको बारेमा अनुसन्धान थालिएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
एजेन्सी


0 comment