काठमाडौं - चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित यहाँ एक महिलालाई पक्राउ गरिएको छ । एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिकस्थित हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहनाको ती महिलाबाट बरामद गरेको हो ।


0 comment