काठमाडौं - बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको आरुघाटमा नेपाली सेनाले बेलिब्रिज जडान सम्पन्न गरेको छ। बेलिब्रिज जडानसँगै गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः जोडिएको छ। 

बाढीले क्षति पुर्‍याएको सो स्थानमा सेनाले बेलिब्रिज जडान गरी यातायात पुन: सञ्चालनमा ल्याएको छ। हाल मोटरसाइकलसहित पैदलयात्रीका लागि आवतजावत खुला गरिएको छ। 

बुधबारदेखि अन्य सवारी साधन समेत सञ्चालन गरिने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जनाएका छन्। असोज २५ गतेको बाढीले गोरखा र धादिङलाई जोड्ने आरुघाटस्थित पक्की पुल बगाएको थियो।