काठमाडौं - विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरण सहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।
आइतबार न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दी सहित उपस्थित गराउन आदेश दिएपछि प्रसाईंलाई सर्वोच्च अदालत लगिएको हो ।
प्रसाईंको आजै बयान हुनेछ । उनको लिखित जवाफ पेस भए आजै सुनुवाइ भई आदेश हुनेछ। लिखित जवाफ पेस नभए अर्को दिन जवाफ पेस गर्नु पर्नेछ ।
0 comment