काठमाडौं - सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइने भएको छ।
सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि पूर्व गृहमन्त्री समेत रहेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
यता, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना गरेको प्रकरण सम्बन्धी अनुसन्धानका लागि बयान लिन काठमाडौँ ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
बयान गराएर फेरि पोखरामै फर्काइने र त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिने प्रहरीको तयारी छ ।
0 comment