काठमाडौं - नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त  हुनुभएको छ। 

अध्यक्ष सिफारिस समितिले बोर्डकै दुई कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित उहाँलाई पनि सिफारिस गरेको थियो ।

तीन जनामध्ये सोमबारको मन्त्रिपरिषद् बैठकले व्यावसायिक पृष्ठभूमिका सन्तोषनारायणलाई अध्यक्षमा नियुक्त गरेको हो ।