काठमाडौं - अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा महँगो मूल्य तिर्नुपरेको गुनासोपछि सरकारले अध्ययन कार्यदल गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको हो ।

उच्च दरको हवाई टिकट खरिद- बिक्री गरेको विषयमा कुनै गुनासो भए हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायतका प्रमाण सहित aviation@tourism.gov.np मा पठाइदिन समेत कार्यदलले आग्रह गरेको छ ।

कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्ने कार्य भइरहेको बहाना पार्दै केही वायुसेवा कम्पनीहरूले बढि भाडा असुल्दै आएको गुनासो परेको मन्त्रालयले जनाएको छ ।