काठमाडौं - दाङको विकट क्षेत्र बबई गाउँपालिका- ७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ । 

टेलिकम टावर नहुँदा फोन गर्न स्थानीय घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता थियो । टावर निर्माण भएसँगै घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्ने बाध्यता हट्ने स्थानीय बमबहादुर बुढाले बताउनुभयो ।

सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सुचारु गर्ने तयारी रहेको बबई- ७ वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो ।