काठमाडौं - राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी- जोमसोम- कोरला सडक योजनाअन्र्तगत अन्नपूर्ण गाउँपालिका- ३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ ।
एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सब बेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो ।
नागढुङ्गा- कैकुखोला खण्डको १६ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सहित स्तरोन्नति गर्न ६३ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो ।
मुस्ताङको कैकुखोलादेखि घाँसा क्षेत्रमा गत वर्ष दुई किलोमिटर कालोपत्र भएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ ।
हालसम्म आयोजनामा ९० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो ।
0 comment