काठमाडौं - अमेरिकी राष्ट्रपतिका उमेद्वारहरु डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच यही सेप्टेम्बर १० तारिखमा प्रत्यक्ष टेलिभिजन बहस हुने भएको छ। यो उनीहरुबीचको पहिलो चुनावी टिभी बहस हुनेछ ।
एबिसी न्युजका अनुसार प डेमोक्र्याटिक पार्टीबाट ह्यारिस राष्ट्रपतिको औपचारिक उम्मेद्वार छनौट गरिएपछि पहलोपटक बहस हुन लागेको हो । यसअघि वर्तमान राष्ट्रपति जो बाइडेन र ट्रम्पबीच गत जुनमा बहस भएको थियो । तर बाइडेनले चुनावी प्रतिश्पर्धाबाट बाहिरिने निर्णय गरेपछि कमला पुन प्रतिश्पर्धीको रुपमा बहसमा उत्रन लागेकी हुन ।
नोभेम्बरमा हुने चुनाव अघि आफू धेरैपटक बहस गर्न तयार रहेको राष्ट्रपतिका रिपब्लिक उम्मेदवार ट्रम्पले बताउनु भएको छ ।
चुनाव अघि कम्तीमा पनि तीन वटा बहस हुनुपर्ने ट्रम्पको सुझाव छ । थप दुई वटा बहसको आयोजना फक्स न्युज र एनबिसीले गर्नेछन् । डेमोक्र्याटिक उम्मेद्वार ह्यारिसले पनि आफू ट्रम्पसँग बहस गर्न तयार रहेको बताउनु भयो ।
सेप्टेम्बरमा हुने पहिलो चुनावी बहस मिसिगनमा आयोजना हुेनछ ।
0 comment