काठमाडौं - बंगलादेशमा अन्तरिम सरकार प्रमुखको रुपमा नोबल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले सपथ लिनु भएको छ । 

आजै फ्रान्सबाट स्वदेश फर्कनुभएका युनुसलाई राष्ट्रपतिले अन्तरिम सरकारको प्रमुखमा नियुक्त गर्नुभएलगत्तै उहाँले शपथ लिनुभएको हो ।

स्वदेश फर्कनासाथ ढाका विमानस्थलमा युनुसले वंगलादेशका लागि धेरै काम गर्नुपर्ने बताउनुभएको थियो ।

उहाँले अनुशासन सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै कडा परिश्रम गरेर देश बनाउन सबैलाई आग्रह गर्नुभएको थियो । 

बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्रीबाट राजिनामा दिएर विदेश भागेपछि आन्दोलनरत विद्यार्थीहरुले युनुसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेका थिए । 

विद्यार्थीहरुको अनुरोधलाई राष्ट्रपति र सेना प्रमुख तथा स्वयं युनुसले स्वीकारेपछि वंगलादेशको आन्दोलनले सहज अबतरण गरेको छ ।