काठमाडौं - वेलायतमा जातीय तथा आप्रवासीहरुले जारी राखेको हिंसात्मक आन्दोलनको विरुद्ध प्रतिर्यालीहरु निकालिएका छन् ।
एक हप्ताको दंगा र अराजकतापछि बेलायतीहरुले जातीय विभेद विरुद्धको नारा लगाउँदै विभिन्न शहरहरुमा विरोध र्याली र सभा गरेका हुन् ।
विरोध प्रदर्शनमा हजारौं प्रदर्शनकारीहरू सहभागी भएका छन् ।
उत्तरी लन्डन, ब्रिस्टल र न्यूकासलसहित आप्रवासीहरुको बसोबास भएको ठाउँहरुमा शान्तिपूर्ण जुलुस निकालिएको हो ।
प्रदर्शनकारीहरूले शरणार्थीलाई स्वागत छ भन्ने ब्यानरसहित नारा पनि लगाएका थिए ।
बेलायतको साउथपोर्टमा गत जुलाई २९ मा तीन जना बालिकाहरुलाई छुरा प्रहार गर्ने संदिग्ध मुस्लिम शरणार्थी थिए भन्ने गलत जानकारी सामाजिक संजालमा आएसँगै दंगा भड्किएको थियो ।
दंगाकै क्रममा मस्जिद, होटेल तथा आप्रवासीहरु रहेको बस्तीमा तोडफोड र आगजनीका घटना भएका थिए ।
0 comment