काठमाडौं - राजीनामा दिएर भागेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन ।

राजधानी ढाकामा प्रदर्शनकारीहरुले त्यहाँको सरकारी निवासमा हस्तक्षेप गरेपछि हसिनाले राजीनामा दिएर भागेको बिबिसीले जनाएको छ।

बिबिसीका अनुसार हसिना हेलिकोप्टर चढेर छिमेकी देश भारतमा पुगेकी हुन । 

बंगलादेशमा केही समयदेखि जारी आन्दोलनले हिंसात्मक रुप लिएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । 

प्रहरी हस्तक्षेपबाट करिव २०० मानिसहरुको ज्यान गएको बिवीसीले जनाएको छ। 

बंगलादेशाम अब नयाँ राजनीतिक समिकरणका बारेमा छलफल शुरु भएको छ । वंगलादेशका सेना प्रमुखले अब आफूले अन्तरिम सरकार गठन गर्ने जानकारी दिएका छन ।