काठमाडौं - इजरायलको सेनाले हमासका सैन्य प्रमुख मोहम्मद डेफ गत महिना गाजा पट्टीमा इजरायली हवाई हमलामा मारिएको पुष्टि गरेको छ ।

१३ जुलाईमा खान युनिस क्षेत्रको कम्पाउण्डमा भएको आक्रमणमा डेफलाई निशाना बनाइएको थियो। हमासले भने उनको मृत्युको पुष्टि गरेको छैन ।

इजरायलले डेफ दक्षिणी इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणको योजना बनाउनका लागि जिम्मेवार व्यक्तिहरू मध्ये एक भएको जनाएको छ । सो आक्रमणमा १२ सय मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाईएको थियो।

हिजो हमासका राजनीतिक नेता इस्माइल हनियाहको इरान भ्रमणका क्रममा हत्या भएको थियो । इजरायलले भने उनको मृत्युको बारेमा कुनै टिप्पणी गरेको छैन।