काठमाडौं - नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा १०० जना पुरिएको अनुमान छ। घटनामा हालसम्म २१ जनाको मृत्यु भएको जनाइएको छ।

शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित सय जना फसेका थिए ।

नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी वा नेमाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, 'मृत्युको सही संख्या पुष्टि भइरहेको छ। हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ ।'