ग्लोस्टरको क्याथेड्रल अवलोकन गरी सकेपछि हामी व्राइटन तर्फ लाग्यौ । व्राइटनमा  विश्वप्रख्यात रोयल क्रेसेन्ट शाही स्नानग्राम अवलोकन गर्ने तर्फ लाग्यौ । 

वाथको रोयल क्रेसेन्ट

रोयल क्रेसेन्ट ३० वटा खुला छत भएको एक अर्कासंग जोडिएको घरको लहर रहेछ । इंगलैण्डको वाथ भन्ने शहरमा रहेको यो ऐतिहासिक महत्वको घरको डिजाइन जोन उडले १७६७ मा गरेका रहेछन् । यसलाई जर्जियन वास्तुकलाको संयुक्त अधिराज्य बेलायतमा भएको अनुपम प्रस्तुति मानिदो रहेछ ।

समयको दौरानमा यी घरहरुको भित्रिभागका संरचनाहरुमा धेरै परिवर्तन भएता पनि यसको मोहडामा भने आजसम्म कुनै परिवर्तन नभै जस्ताको तस्तै राखिएको रहेछ । यस घरमा बेलायतका सुविख्यात ब्यक्तित्वहरु बसेका रहेछन भन्ने कुरा त्यस घरमा टासिएका तिनीहरुका नामहरु र वसेको अवधिले पुष्टि गर्दो रहेछ । यी ३० घरहरु मध्ये १० वटा पुरै पाहुनाहरुकोघर र १८ वटा विभाजन गरी शहरी पाहुना परिवार निवास (फ्ल्या्ट) वनाइएको र एउटा ठूलो कोठा रोयल क्रेसेन्ट म्यूजियमको लागि दिइएको र विचको एउटा ठुलो १६ नंवरको घरमा भने रोयल क्रेसेन्ट होटल वसेको रहेछ ।

पहिले यस घरलहरको नामको अगाडि रोयल अथाव शाही नाम जोडिएको रहेनछ तर पछि अठारौ शताब्दिमा बेलायती राजकुमार फ्र्डरिक ड्यूक अफ योर्कले त्यही १६ नंवरको घर भाडामा लिएर वसेको हुनाले त्यसपछि यसघरको नाम अगाडि रोयल जोडिएको रहेछ । गाउमा भएको शहर तजभ अयगलतचथ ष्ल तजभ अष्तथ भनेर बेलायतीहरुले यो ठाउलाइ भन्दा रहेछन् । हुनपनि यी घरहरुको छतबाट हेर्दा हरिया कृषियोग्य भूमी वाहेक केही देखिदो रहेनछ ।

यो घरको अगाडिको मोहडाको नाम महारानी एन राखिएको रहेछ । पछि १९ औ शताब्दिमा आएर यी घरहरुका वाहिरपट्टिका भित्ताहरुमा फलामका लालटिन टास्ने काम गरिएको रहेछ । दोश्रो विश्वयुध्दताका गरिएको बमहमलाको कारण २ र १७ नम्वरका घरहरुमा क्षति पुगेको रहेछ । विश्वयुध्द पछि क्षतिग्रस्तहरु जिर्णोध्दार गरी वाथको शहर परिषद केही समयको लागि त्यहा वसेको रहेछ पछि घरको पुरातात्विक महत्वलाई दृष्टिगत गरी परिषदलाई त्यहाबाट हटाइएको रहेछ ।

प्राकृतिक तातोपानीको मुहान सहितको घर भएको हुदा तातोपानीमा डुवुल्की मारी स्वास्थ्य प्रवद्र्धन गर्न पाइने, मनोरम ग्रामीण प्राकृतिक दृश्य अवलोकन गर्न पाइने अनि प्राचीन घरको कोठा भित्र अत्याधुनिक सुविधा सहित वस्न पाइने यी घरहरु संसरका सबै होटल भन्दा महंगा रहेछन । हामीले तातोपानीको मुहान, घरलाई वाहिरवाट र भित्रका कोठाहरु हेरेर चित्त वुझायौ । तत्सश्चात हामी यस घरहरुसंगै रहेको व्राइटनको सबैभन्दा ठूलो भिक्टोरिया पार्क  अवलोकन गर्न तर्फ लाग्यौ । रोयल क्रेसेन्टमा आउने पर्यटकहरु सबैजसो त्यो पार्क अवलोकन गर्न पनि जादा रहेछन ।

सन १८३० मा महारानी भिक्टोरिया ११ वर्षकी युवराज्ञी छदै यस पार्कको उद्घाटन गरेकी रहिछन, त्यस्को सात वर्ष पछि उनी बेलायतकी महारानी वनिन अनि त्यो पार्क त्यसैकारण उन्को नामबाट राखिएको रहेछ ।  ५७ एकड जमिनमा फैलिएको यो पार्कमा टेनिसकोर्ट, गल्फमैदान, वालउद्यान,पौडि पोखरी अनि वनस्पती उद्यान पनि रहेछ ।