सम्सेर कार्की,

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ बलेफी माध्यामिक बिद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बलेफी विद्यालयका कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई ट्राफिक नियम तथा बाल विवाह सम्बन्धिको जानकारी दिइएको थियो । 

प्रहरी चौकी बलेफीका इन्चार्ज हरिशरण बस्नेत र जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोक अधेरीका इन्चार्ज सन्तोष ज्ञवाली ज्यूको सक्रियतामा सो कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको कक्षा कोठामा गई सम्पुर्ण विद्यार्थीहरुलाई जनचेतनामूलक जानकारी दिइएको थियो । 

ट्राफिक नियम तथा बालविवाह सम्बन्धी कार्यक्रम केही समयसम्म स्कुलमा भएको थियो । विद्यालयमा नै विद्यार्थीहरुलाई ट्राफिक नियम तथा बालविवाहको बारेमा थाहा हुन जरुरी छ ।