काठमाडौं - बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत फेला परेका छन् ।

वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका- ४ घर भई ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर मृत फेला परेका हुन् ।  

वडा प्रहरी कार्यालय घोराहीको शौचालयको झ्यालमा प्रयोग गरिएको फलामको रडमा आफूले लगाएको स्याण्डो र टिसर्टले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान करिब पाँच बजेतिर शौचालय गएको र लामो समयसम्म नफर्किएपछि ढोका खोलेर हेर्दा झुन्डिएको अवस्थामा भेटिएको दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो ।

गत असोज २४ मा भलुबाङका १४ र ८ वर्षीय दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङस्थित सशस्त्र प्रहरी बल ज्वाला माई गणका दुई प्रहरी नियन्त्रणमा थिए । आरोपित अर्का एक जना  हिरासतमै छन् ।