काठमाडौं - पाकिस्तानमा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन्।

पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण पश्चिमी मास्तुङ जिल्लामा इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै आत्मघाति बम विस्फोट गराइएको हो। सो क्षेत्रमा आपतकाल घोषणा गरिएको छ।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन्। 

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।